दिलिप ढकाल
असार १ सुर्खेत- सहभागिता,पारदर्शिता र जवाफदेहिताका लागी सेवा प्रबाह सम्बन्धि भेरिगंगा नगरपालिकाका वडामा सुरु भएको वडा स्तरिय सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। भेरीगंगा नगरपालिकाको आर्थिक सहयोग र रेडियो बिजी एफएमको समन्वयमा गत जेष्ठ २२ गते भेरिगंगा नगरपालिका वडा नम्बर ४ बाट सुरु भएको सार्बजनिक सुनुवाई कार्यक्रम असार १ गते वडा नम्बर १ र २ मा सम्पन्न भए संगै १३ वटै वडाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।
वडाका स्थानीय निकाय र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न तथा विकास निर्माण कार्य र सेवाप्रवाहलाई गुणस्तरीय, प्रभावकारी बनाउने उद्धेश्यले सार्वजनिक सुनुवाई आयोजना भएको हो ।
सार्वजनिक सुनुवाई सम्पन्नसंगै वडालार्ई सेवाग्राहीमैत्री बनाउन१३ वटै वटै वडामा प्रतिबद्धता घोषणा गरिएको छ । कार्यक्रममा वडाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्य शाखा प्रतिनिधी, सामुदायिक विद्यालय, सहकारी, वन, प्रहरी, टोलविकास सस्थाका प्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी र स्थानीयबासीको सहभागीता रहेको थियो । सार्वजनिक सुनुवाईमा वडाका वडासचिवले चालू आवको वडाको बार्षिक प्रगति विवरण पेश गर्नुभएको थियो । वडाअध्यक्षहरुको सभापतित्वमा संचालित सुनुवाईको उद्घोषण रेडियो बिजीएफमका निर्देशक टेकेन्द्र बस्याल, समाचार प्रमुख जेवी सुनार, सहजीकरण स्टेशन म्यानेजर दिलिप कडेल र व्यवस्थापन बजार प्रमुख दिलिप ढकालले गर्नुभएको थियो ।
कार्यक्रममार्फत वडामा जनताप्रति जिम्मेवारीको संस्कार बसाउने र स्थानीय तहले प्रदान गर्ने सेवा, सुविधा र बस्तुका सम्बन्धमा सेवाग्राही नागरिकप्रति जवाफदेहिता सृजना गरी प्रदत्त सेवा, सुविधा र वस्तुको गुणस्तर कायम गर्न टेवा पु¥याउनु तथा समग्रमा पारदर्शिता तथा जवाफदेहिताको माध्यमबाट सुशासनको प्रत्याभूति दिन टेवा पु¥याउने उद्धेश्यले नगरका १३ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु भएको थियो । यो संगै भेरीगंगा नगरको सहयोग र आयोजनामा गएको जेठ २२ गतेबाट नगरका वडामा सूरु भएको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।