नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिकाका स्थानीयले खजुरामा निर्माणाधीन चारलेनको सडक निर्माणको काम अलपत्र पारेको भन्दै शान्तिपूर्ण विरोध जनाएका छन् । पाँच वर्षमा पनि सडक निर्माण नभएका कारण पटक–पटक बिरोध तथा आन्दोलन गर्दै आएको खजुरावासीले शनिबार १ घण्टा सडक अवरुद्ध पारेर ठेकेदार कम्पनीलाई कारबाही गर्नु पर्ने माग गरेका हुन् ।
उक्त बिरोधमा खजुरा संरक्षण समिति, खजुरा युवा क्लब तथा स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । खजुरा संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८०० मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरुको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहिन काम भएको बताए ।
खजुरा युवा क्लबका सचिब उत्सव सिजालीले सडक निर्माणमा चलम लापबरबाही भएको हुँदा खजुराका स्थानीय आन्दोलित हुन बाध्य भएको बताए।
उक्त चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । सो सडक निर्माण थालेको ५ वर्ष पछि नेपालगन्ज गुलरिया सडकको ४ लेनका लागि बाँकी भागको ठेक्का पाएको शर्मा एण्ड कम्पनीले काम थालेको ६ महिनामा उच्च प्रगति गर्दा गजुरमुखीका ठेकेदारले भने आँखामा छारो हाल्ने काम मात्र गरेको खजुराका स्थानीय अगुजा दीपक ढकालले बताए ।