काठमा कुदेका कला !


बाँके :-हेर्दै आर्कषक ! झ्याल ढोका घरमा सजाउने ‘टे«ण्ड’ बसेको छ । नेपालगन्जमा त्यो ‘टे«ण्ड’ बिस्तार गर्न जनक डिसी र सहमिम अञ्सारीको नेपाल उड आर्ट इन्जिनियरिङ्ग का सिकर्मी दिनरात नभनी काममा खटिएका हुन्छन् । सञ्चालक डाँगी भन्छन्–‘घरको झ्याल र ढोका आर्कषक होस् भन्ने सबैले चाहेका हुन्छन् । तर बनाउनेको अभाव भएको देखेपछि हामीले काम शुरु गरेका हौं । अहिले आर्कषण देखिएको छ ।’

झण्डै बिस लाख लगानीबाट शुरु भएको उनको उड आर्ट इन्जिनियरिङ्गमा झण्डै डेड दर्जन भन्दा सिकर्मी काम गर्छन । अन्य सिकर्मी र उनीहरुमा के फरक छ भने अरुले सामान्य झ्याल ढोका बनाउँछन् भने यिनीहरुले ग्राहकले चाहे जस्तै कलात्मक डिजाइन तयार गर्छन । सिकर्मी समेत रहेका सहमिम भन्छन्–‘हामीले बनाउन नसक्ने केही छैन । हामी सिकर्मी मात्र होइनौं चित्र कुद्ने पनि भइयौं ।’

स्थानीय काठको प्रयोग गरेर बनाइएका झ्याल ढोका बाँके मात्र नभई अन्य जिल्लामा समेत माग बढिरहेको छ । ‘हाम्रो सिकर्मीहरु अनुभवी छन् र यिनीहरुले बनाएको झ्याल ढोका ग्राहकहरुले औधी रुचाएका छन् ।’–डिसीले भने,–‘साधारणभन्दा थोरै अलि बढि पैसा पर्ने भएपनि धेरैले रुचाएका छन् ।’ डिसीका अनुसार पहिले भारतीय सिकर्मी मात्र हुने गरेकोमा अहिले स्थानीय नेपाली कामदारहरु प्रयोग गरिएको छ । उनीहरुलाई सिकाएर काममा पोख्त बनाइएको डिसीले बनाए ।

नेपाली मौलिक घरको झ्याल–ढोका कला खोप्ने काम पहिलेदेखि नै सुरु भएको हो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण छ । मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेटिन्छन् ।

पछिल्लो समय कष्ठकला हराउँदै जान थालेको छ । तर नेपाल उड इन्जिनियर लगायतले यो कलालाई उजार गर्ने प्रयत्न गरिरहेका छन् ।


डिसीका अनुसार हातले नै कुँदेर यसरी सामान बनाउने काम विस्तारै हराउँदै जान थालेको छ । कलात्मक काष्ठ उद्योगको काम सिक्न खोज्नेलाई आफूले जानेको सिकाउन तयार रहेको उनले बताए ।

 

प्रकाशित मितिः     ९ असार २०८०, शनिबार १४:२९  |