नेपालगन्ज – उच्च माध्यमिक तहकाे पाठ्यक्रममै उद्यशिलता बिषय समावेश गर्नुपर्नेमा जाेड दिइएको छ । युवाहरुको बिदेश पलायन र बेरोजगारी दर राेक्न उद्यशिलतालाई उच्च माध्यामिक तहमै समावेश गरिनुपर्ने सुझाव दिएको हाे।
नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौंस्थित विश्व श्रम संगठनकाे (सेल कार्यक्रम)सहकार्यमा शनिवार नेपालगन्जमा आयोजना गरिएको युवा उद्यमशिलता नीति सारसंक्षेप सम्बन्धि कार्यक्रम सराेकारवाला निकायका अगुवाले यस्ताे सुझाव दिएका हुन ।
नीति निर्मातालाई सुझाव दिदै उद्योगी काेषराज रेग्मीले प्लस टु पढ्ने युवाले प्रमाणपत्रसंगै उद्यमशिलताकाे अध्ययन पनिसंगै लिएर जान पाउन बताए । उनले सरकारले नितिगत र लगानीकाे वातावरण निर्माण गर्न सके उच्च माध्यामिक तह पढेकाे युवाले देशमै केही गर्न सक्ने अवस्था आउने व्यवसायी अशाेक कुमार गुप्ताले बताए । उनले निर्यातमुखि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका बरिस्ठ सदस्य वसन्त लामिछानेले जुन ठाउँमा जुन उद्योगको सम्भावना छ साेहि उद्योग स्थापनाका लागि वातावरण बनाउनुपर्ने बताए । त्यसका लागि सबै तहका सरकारले स्पष्ट नीति बनाउनुपर्नेमा जाेड दिए ।
युवा उद्योगी जिआर भुषालले प्रत्येक स्थानीय तहमा उद्यम प्रबृदन केन्द्र स्थापना गर्नेपर्नेमा जाेड दिदै प्रतिफलमुखि निति बनाउन जाेड दिए । कृषि उद्योगी दिपेन्द्र जाेशिले दर्ता प्रकृयालाई एकद्वार प्रणालि लैजानुपर्नेमा जाेड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रशाद शर्मा, महासंघ कर्णाली अध्यक्ष पदम बहादुर शाही, मध्यपश्चिम बिश्वबिद्धालयका डा.कर्णबहादुर धामी,विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधी, प्रशिक्षक हंसराज पाण्डे लगायतकाे सहभागिता थियाे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयाे ।