बाँके,१३ असार – सनराइज बैंक लिमिटेड नेपालगन्ज शाखाले बर्दियाको राजापुरमा गत सोमवार र मंगलवार बित्तीय साक्षरता एवं अनाज खेती सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय ३१ जना सर्बसाधारणलाई राजापुरमा उत्पादन हुने कृषि उपादनका बारेमा प्रशिक्षण दिइएको थियो भने बैंक तथा वित्तीय साक्षरताका बिषयमा जानकारी दिइएको थियो । बैंकको सहयोगमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्री कृषि कार्यक्रमका आयोजना प्रमुख कृष्ण धितालले अनाज उत्पादन सम्बन्धि तालिम दिएका थिए ।
सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा गरिएको कार्यक्रममा बैंकका नेपालगन्ज शाखा प्रमुख हरिहर सुवेदी, प्रधानमन्त्री कृषि कार्यक्रमका स्थानीय प्रमुख कृष्ण धिताल, बैंकका कर्जा प्रमुख गोपाल ओली सहभागि थिए ।