नेपालगन्ज – दाङमा मुख्य कार्यालय रहेकाे समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाकाे व्यवस्थापन सम्हाल्न नेपाल राष्ट्र बैंकले दुईजना कर्मचारी माग गरेकाे छ । यी कर्मचारीको तलव झन्डै दुईलाख मासिक सहित अन्य सुविधाहरु रहेका छन् ।
केन्द्रीय बैंकले बिहिवार संयाेजक र सदस्य पदका लागि दरखास्त मागेकाे छ । समस्याग्रस्त लघु बित्तीय संस्था सुपरकाे व्यवस्थापन सम्हाल्न व्यवस्थापन समसह गठन गर्ने क्रममा यी दुई कर्मचारी माग गरिएको हो ।हेर्नुस सुचना-
दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको असार २०७८ को वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणमा संस्थाको सञ्चालक समितिको अध्यक्ष र सञ्चालकबाट ऋणको दुरुपयोग गरेको पाइएपछि राष्ट्र बैंकले समस्याग्रस्त घाेषणा गरेकाे थियाे ।
नेपाल राष्ट्र बैंकले यस संस्थालाई २०७८ चैत २ गते नै शीघ्र सुधारात्मक कारबाही विनियमावली २०७४ अनुसार कारबाही गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ अनुसार समस्याग्रस्त घोषणा गर्नुपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, संस्थाले दिएको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले समस्याग्रस्त वित्तीय संस्था घोषणा गर्नु परेको राष्ट्र बैंकले जानकारी दिएको छ।