बा“के,२७ असार – एसइई परीक्षा-२०७९ मा बाँके र बर्दियामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि नेपालगन्जस्थित जिभिएन कलेजमा भर्ना भएका छन् ।
कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश भण्डारीका अनुसार,बाँकेबाट उत्कृष्ट अंक(३.९५जिपिए) ल्याउन सफल पुर्णिामा आचार्यले कानुन शंकाय र बर्दियाबाट (३.९० जिपिए) ल्याएका प्रभात रिजालले बिज्ञान शंकायमा पढ्ने गरि भर्ना भएका हुन ।
उतिर्ण गरेपछि नेपालगन्जमा उच्च शिक्षा पढ्न
आउने विद्यार्थीका लागि प्राथमिकतामा पर्ने कलेज पर्छ, जिभिएन । विज्ञान, व्यवस्थापन, मानविकी, कम्प्युटर साईन्स, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम पढ्न चाहाने विद्यार्थीका लागि जिभिएन उपयुक्त गन्तव्य हुन सक्छ ।
प्लस टुमा कानून संकाय समेत शुरु भएको छ । प्लस टुबाटै कानून पढ्न चाहाना भएकालाई जिभिएनमा अवसर छ ।
जिभिएन गुणस्तरिय पढाईका कारण राम्रो नतिजा ल्याउन सफल कलेजका रुपमा परिचित छ । बिज्ञान लगायतका संकायमा यसक्षेत्रमा सर्बोत्कृष्ट नतिजा ल्याईसकेको छ । यहाँ धेरै विद्यार्थी अध्ययरत पनि छन् । कलेजका प्रमुख
कार्यकारी अधिकृत (सिइओ) गणेश भण्डारी भन्छन्,–‘जिभिएनमा धेरै विद्यार्थी
आउनुको कारण नै यहाँको पढाई अब्बल हुनु हो । त्यसबाहेक सुविधा सम्पन्न भौतिक पूर्वाधार र अतिरिक्त गतिबिधिलाई प्राथमिकता दिने हाम्रो नीतिलाई विद्यार्थीले रुचाउनु पनि हो ।’
अत्याधुनिक सुविधा सम्पन्न बहुतले आफ्नै भवन सहितको पूर्वाधार उक्त कलेजको ‘प्लस प्वाईण्ट’ बनेको छ । राम्रो कलेजको पहिलो सर्त भनेकै पूर्वाधार हो । घर नबनी कसरी पढ्ने ? कसरी पढाउने ? यो प्रश्नको उत्तर जिभिएनबाटै सहजै पाउन सकिन्छ । पूर्वाधार पछि राम्रा शिक्षक, शैक्षिक
सामाग्री, अतिरिक्त गतिबिधिको व्यवस्थापनलाई कुनै कमी हुन नदिएको सिईओभण्डारी बताउँछन् । उनी भन्छन्,–‘हाम्रो कलेजमा आउने विद्यार्थीले नयाँपनको महसुस गरोस् र पढाईमा अब्बल भएर निस्कियोस् भन्ने चाहान्छौ ।
त्यसै अनुसार काम गर्दै जाँदा राम्रो नतिजा पाएका छौं ।’
जिभिएनले विद्यार्थीलाई कितावको ‘किरा’ बनाउने मात्र नभई सामाजिक रुपान्तरणमै लाग्न प्रेरित गर्ने गरी पढाईरहेको भण्डारी बताउँछन् । चितवनमा ध्रुमुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अन्र्तराष्ट्रिय रंगशालाका लागि विद्यार्थीले रकम जुटाए । जुन कार्यप्रति सबैतिरबाट प्रशंसा गरिएको थियो । स्वयं ध्रुमुस र सुन्तलीले कलेजलाई धन्यबाद दिए । भण्डारी भन्छन्,–‘हाम्रो कलेजमा पढेका विद्यार्थीले देशलाई
समस्या पर्दा अगाडी सर्छन भन्ने कुराको सन्देश पनि दिन सकेका छौं ।’