नाकामा ‘क्यारिङ्ग’ गर्नेका अनेक दाउ !


बाँके,२८ असार । नेपालगन्ज भञ्सार कार्यालयले एक सय मुल्य भन्दा बढिको जुनसुकै सामान भित्रा्उँदा भञ्सार शुल्क अनिवार्य तिर्नुपर्ने कानूनी व्यवस्थालाई कडाईका साथ लागु गरेको छ ।

उक्त नियम कार्यान्वयनमा कडाई गरेपछि बाँके लगायत छिमेकी जिल्लाहरु बर्दिया,सुर्खेतसम्मबाट किनमेलका लागि रुपैडिया पुग्न सर्बसाधारणहरु हच्किएका छन् । तर अवैधरुपमा सामान ओसारपसारमा संलग्न ‘क्यारिङ्ग’ गर्नेहरुले अनेक दाउ खोज्दै सामान भित्रा्इरहेका छन् । संख्यात्मकरुपमा सीमापार किनमेल गर्नेको संख्या कम भएपनि भिड भने लागिरहन्छ । यसरी तोकिएको भन्दा बढि मुल्यको सामान भित्रा्उन खोज्ने सर्बसाधारण र सुरक्षाकर्मीहरुबीच दिनहु बादबिवाद भइरहन्छ ।

मुल नाकामा कडाई गर्दा क्यारिङ्ग गर्नेहरुले भने अनेक दाउ खोजेर सामान भित्रा्इरहेको पाइएको छ । कतिसम् मभने यसरी भित्राइएको सामानमा समेत ‘जोखिम शुल्क’ भन्दै थप मुल्य जोडेर तस्करहरुले पसल–पसलमा बेचिरहेका छन् । सुरक्षा निकायले कडाई गरेको भन्दै तस्करहरुले भित्राएको हरेक सामानमा रु १० सम्म बढि मुल्य राखेर बेचिरहेको भेटिएको हो । भञ्सारको कडाईले आत्तिएका तस्करहरुको ‘ढाड सेक्न’ सुरक्षा निकायले थप कडाई गर्नेपर्ने व्यवसायीहरु बताउँछन् ।

जमुनाह नाकाक्षेत्रमा यस्ता दर्जनौ पेशेवर क्यारिङ्ग गर्नेहरु छन् जसले भित्रा्एको अवैध सामान कतिपय ठूला व्यापारीका गोदाममा स्टक हुन्छ र उनीहरु मार्फत अन्य जिल्लामा बिक्री हुन्छ । यस्तो कार्यमा संलग्नहरु व्यक्तिहरु बिरलै सुरक्षा निकायको नजरमा पर्ने गरेका छन् । बेलाबखत सामान बरामद गरेपनि व्यक्ति पक्राउ नपर्दा अनेक आशंका उब्जिने गरेको छ ।

जमुनाह नाकामा अवैध कडाई गर्दैगर्दा जिल्ला प्रहरी कार्यालय बाँकेले गत मंगलवार नेपालगन्ज–१२ कोरियनपुरस्थि भे १ ख ३३४८ नम्बरको ट्रकबाट साठ्ी बोरा चिनी, सुपरपावर सुर्ती बरामद भयो । सामान बरामद भएपनि व्यक्ति भने पक्राउ गरिएको छैन । नाकामा रु सय भन्दा माथीको सामानमा भञ्सार लगाउँदै गर्दा यसरी बिभिन्न माध्यमबाट नेपालगन्जमा अवैध सामान भित्रिरहेको छ ।

नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरुले रु सय भन्दा माथीको मुल्यका सामान भञ्सार लगाउने सम्बन्धी नियमलाई कडाईका साथ कार्यान्वयन गर्दा स्वदेशी बजारमा सकारात्मक प्रभाव परेको महसुस गरेका छन् । तर उनीहरुले त्यही बहानामा तस्करी मौलाउने अवस्था आए भञ्सारको कडाईले कुनै अर्थ नराख्ने भन्दा सरोकारवाला निकायलाई सचेत बनाएका छन् ।

‘सय रुपैया भन्दा माथीको सामाग्रीमा भञ्सार महसुल लाग्ने नियमलाई कडाईका साथ लागु गर्ने सम्बन्धी नेपालगन्ज भञ्सार
कार्यालयको सूचनाको नेपालगन्ज उद्योग वाणिज्य संघ स्वागत गर्दछ ।’ नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली भन्छन्–‘ खुल्ला
सीमानाको मौकाको फाईदा उठाउँदै दैनिकरुपमा बिना भञ्सार सामान आयात गर्न
दिदा एकातिर राज्यलाई राजश्व घाटा व्यहोर्न परिरहेको थियो भने अर्कोतर्फ
नेपालगन्जको स्वदेशी बजार फस्टाउन सकिरहेको थिएन ।’

नेपालगन्ज उद्योग वाणिज्य संघले बिगतदेखि नै भञ्सारको नियमन गरी थोरै सामानका नाममा दैनिक बिना भञ्सार लाखौको सामान भित्रिने कार्यलाई रोक्न माग गर्दै आइरहेको थियो । कानून बमोजिम नै रु सय भन्दा माथिको सामाग्री आयात गर्दा भञ्सार तिर्नुपर्ने व्यवस्था कडाईका साथ कार्यान्वयन भए मात्र राज्यलाई राजश्व र स्वदेशी बजार प्रर्बद्धन हुने आशा र अपेक्षा गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल बताउँछन् । उनी भन्छन्–‘ यो व्यवस्थालाई कडाईका साथ लाग्न गर्न नेपालगन्ज भञ्सार कार्यालयलाई अनुरोध गर्दछु र पूर्णरुपमा साथ, समर्थन हुने जानकारी गराउँदछौं ।’

भञ्सारको कडाईले स्वदेशी बजारमा सकारात्मक प्रभाव परेको किराना तथा खाद्य व्यवसायी संघ नेपालगन्जका महासचिव टोपेन्द्र थापा बताउँछन् । ‘केही दिनमात्रै भएका कारण अपेक्षा गरे अनुसारको प्रभाव परेको छैन तर चहलपहल भएकै छ । सर्बसाधारणहरु अनावश्यक झण्झट हुन्छ भनेर रुपैडिया जाने कष्ट नगरिरहेको भेटिएको छ ।’– उनले भने ।

तयारी कपढा ब्याग,जुत्ता चप्पल खुद्रा व्यवसायी संघका संस्थापक अध्यक्ष भिम रानाभाटले नाकामा कडाई गर्दा स्वभाविकरुपमा नेपालगन्जको बजार चलायमान हुने बताउँछन् । तर नाका अहिले भइरहेको कडाई निरन्तर भइरहनुपर्ने भन्दै नेपालगन्ज भञ्सारलाई उनको सुझाव छ,–‘अहिलेको कार्यले यहाँ व्यवसायीको मनोबल बढाएको छ । तर यस्तो कडाई फेरी अब फितलो हुनुहुँदैन ।’ किराना तथा खाद्य व्यवसायी संघ नेपालगन्जका बरिष्ठ उपाध्यक्ष श्यामसुन्दर अधिकारीले अहिलेको जस्तै अबस्था लामो समय कायम गर्न सके सीमापार किनमेल गर्न कोही नजाने अवस्था आउने बताउँछन् ।

सिमापारको व्यापारले सबैभन्दा प्रभावित घरेलु तथा साना उद्योगहरुको छातासंगठन नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुषालले निकै सह्रानिय कार्यको शुरुवात भएको बताउँदै अब सेटिङ्गका गाडी र क्यारिङ्ग पनि बन्द गर्दै बजार अनुगमन व्यापक गर्नेुपर्ने बताउँछन् ।

 

प्रकाशित मितिः     २८ असार २०८०, बिहीबार ०६:५५  |