कैलपाल हस्पिटल एण्ड कलेज प्रालि बाँके जिल्लास्थित नेपालगञ्ज उपमहानगरपालिका -१० मा रहेको छ । यो कलेज निजी स्वास्थ्य संस्थाका रूपमा २०६० सालमा स्थापना भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि ) बाट सम्बन्धन प्राप्त यस कलेजमा प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह डाइग्नोस्टिक रेडियोग्राफी र प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको पढाइ हुन्छ ।
प्रमाणपत्र तह सामान्य चिकित्सामा ४० जना, प्रमाण तह डाइग्नोस्टिक रेडियोग्राफीमा ३० र प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनाका लागि अध्ययन कोटा रहेको छ । कलेजमा अध्ययनका लागि प्रमाणपत्र तह सामान्य चिकित्सामा ४ जना, प्रमाण तह डाइग्नोस्टिक रेडियोग्राफीमा ३ जना र प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा ३ जनाले छात्रवृत्ति पाउने व्यवस्था छ । गुणस्तरीय शिक्षा दिएर दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नु यो कलेजको विशेषता हो। शिक्षालयको सिकाइ उपलब्धि ८५ प्रतिशतको हाराहारीमा रहेको छ। यहाँ अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूको उद्यमशिलतामा ४३%, रोजगारीको दर ३७% र लोकसेवामा उत्तीर्ण दर १५% छ ।
यहाँ निम्नानुसारका ल्याबको व्यवस्था छ : प्रथम वर्ष Physics Lab, Chemistry ab Botany lab, Zoology lab, Anatomy & Physiology lab, Computer lab I
दोस्रो वर्ष (HA) BMP & First Aid Lab, Medicine lab, Surgery lab, Clinical pathology lab, Pharmacy & Pharmacology lab, Health Education lab I
दोस्रो वर्ष (CMLT) Microbiology lab, Hematology lab, Biochemistry lab, Parasitology lab, Clinical pathology lab, Histopathology lab,
पस्वास्थ्य संस्थाका रूपमा रहेको यो कलेजमा पर्याप्त प्रयोगशालाहरू छन् । अध्ययनका लागि उचित वातावरण रहेको छ । पढाइ सकिसकेपछि विद्यार्थीहरूलाई दक्ष स्वास्थ्यकर्मी बनाएर विभिन्न स्वास्थ्य संस्थाहरूमा जस्तैः सरकारी स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था, INGOs र NGOs लगायतमा स्वरोजगार दिने काम गरिन्छ ।
दोस्रो वर्ष (Radiography): X-Ray Room, CR विद्यार्थीलाई प्रयोगात्मक शिक्षण सिकाइमा अभ्यस्त बनाउन विभिन्न स्वास्थ्य संस्थाहरूमा OJT Clinical Practice Clinical Postinng Community Field Practice लागि पठाउने गरिन्छ ।
यहाँ अध्ययन गरेका विद्यार्थीले Public Hospital, Private Hospital, PHCC, HP, INGOs & NGOs हरूमा काम पाएका छन् ।
AND COLLEGE HOSPITAL KAILPAL Sinther Road, Nepalpaty
कैलपाल हस्पिटल एण्ड कलेज प्रा.लि. नेपालगञ्ज उपमहानगरपालिका-१०, बाँके ०८१-५३४०१७, ५३६२७५