भेरी अस्पतालका अध्यक्षलाई स्वास्थ्यकर्मी संघकाे बधाई


नेपालगन्ज- स्वास्थ्यकर्मी संघ,बाँकेले शुक्रबार विशेष समारोहका बिच भेरी अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष बिरेन्द्र बहादुर शाह लाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उपस्थित ट्रेड युनियन कांग्रेस केन्द्रिय सदस्य तथा जिल्ला कार्यसमितीका पदाधिकारीहरु तथा स्थानिय तहमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीलाई सम्मान तथा बधाई प्रदान गरिएको थियो ।

जिल्ला कार्यसमितिका कार्यवहाक अध्यक्ष विरजङ शाहकाे अध्यक्षता कार्यक्रम भएको हो । उक्त कार्यक्रममा स्थानिय तह तथा जिल्ला तथा केन्द्रिय कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहनुहुने पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     २९ असार २०८०, शुक्रबार २१:५४  |