रु २ अर्ब ४३ कराेड लगानीमा भेरीमा बन्दैछन् यी पुर्बाधार


नेपालगन्ज, १३ साउन – पश्चिम नेपालको प्रमुख सरकारी अस्पताल भेरी अस्पतालको पूर्वाधार र सेवा कायापलट गर्न बृहद पुर्ननिर्माणको योजना अघि सारिएको छ । शुक्रवार १३३ औं वर्ष पुगेको अवसरमा आयोजित बृहद कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाईले ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्दै तीन तहका सरकारको बजेट बिनियोजनका लागि आह्वान गरे ।

डा. चापागाईले अस्पतालमा बिरामीको चाप थेगिनसक्नु भएको उल्लेख गर्दै पूर्वाधार निर्माणमा ब्यापक सुधार गर्नुपर्ने औल्याएका छन् । पूर्वाधार निर्माणसंगै हुने बिशेषज्ञ सेवा बिस्तारले पश्चिमक्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा फड्को मार्ने बताए । छ वटा ठूला पूर्वाधार निर्माणको प्रस्ताव गरेका डा चापागाईका अनुसार उक्त पूर्वाधार निर्माण गर्न रु २ अर्व ४३ करोड लागत अनुमान गरिएको छ । यि लगानीभित्र अस्पतालको भवन बन्ने छ भने थप ओपीडि, टिकट काउन्टर, प्रसुती सेवा केन्द्र, चिकित्सक र अन्य स्वास्थ्यकर्मीका लागि आवासिय भवन बन्ने छ ।

‘झट्ट सुन्दा यो योजना महत्वकांक्षी लाग्न सक्छ तर यो महत्वकांक्षा होइन तत्कालको आवश्यकता हो ।’ डा चापागाईले भने,–‘जनताको स्वास्थ्यजस्तो संवेदनशिल आवश्यकता पुरा गर्न लाग्नुपर्छ ।’ प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल प्रमुख अतिथी रहेको कार्यक्रममा डा चापागाईले अहिले पनि बिरामीको चापका कारण एउटै शैयामा दुई जना बिरामी राखेर उपचार गर्नुपरिरहेको सुनाए । उनले भने,–‘अस्पतालमा सेवाग्राहीको अकुपेन्सी(बिरामीको चाप) ७० प्रतिशत भए अस्पताल बिस्तार गर्नु भन्छ हाम्रो त अकुपेन्सी ९० प्रतिशत छ ।’

पूर्वाधार निर्माणसंगै कर्मचारी दरबन्दीको बिषय समेत जोडतोडले उठेको छ । आवश्यकता र दरबन्दी भन्दा कम कर्मचारी हुँदा सेवा प्रभावकारी हुन नसकेको र त्यसका लागि बाँकेकै स्थानीय तहले सहयोग गर्न सक्ने प्रस्ताव कार्यक्रममा डा चापागाईले राखे । स्थानीय पालिकाका पदाधिकारी समेत उपस्थिती कार्यक्रममा उनले भने,–‘आफ्नै पालिकाका बिरामीको हेरचाह गर्ने सम्पर्क व्यक्तिका रुपमा समेत पालिकाले भेरी अस्पतालमा कर्मचारी राख्न सक्छन् ।’ भेरस् अस्पतालले पालिकासग यस्तो प्रस्ताव औपचारिकरुपमै राख्ने तयारी गरिरहेको छ ।

१९४७ देखि पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा चलेको अस्पताललाई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी सेवा प्रसुती केन्द्र नामाकरण गरिएको थियो । २०२१ सम्म त्नराज्य लक्ष्मी देवी सेवा प्रसुती केन्द्र कै नाममा चलेको अस्पताललाई २०२२ सालमा भने भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको हो । प्रसुति सदनको २०२० सालमा महेन्द्रले उदघाटन गरेका थिए । त्यसैबेला अस्पतालको स्तरउन्नती गर्दै २० शैयाको बनाइएको थियो । तर साहित्यकार तथा इतिहासकार सनत रेग्मीले भने रत्नराज्य भन्दा पहिला इन्द्रराज्य लक्ष्मी प्रतिष्ठानको नाममा प्रसुती सदन चलाइएको दाबी गर्छन् । उनले आफ् सानोमा खेल्न जाँदा इन्द्र राज्य लक्ष्मीको नाम देखेको स्मरण गरे ।

२०४३ सालमा १०० बेड र हाल बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचालन भईरहेको अवस्थामा मिति २०६१ भाद्रबाट १०० शैयाबाट बृद्धि गरि २०० शैया क्षमतामा संचालन गर्न अनुमती प्राप्त भएको छ । संघीय सरकारले निर्णय गरेपनि आर्थिक अभावका कारण संचालन गर्न नसकिएकोले हाल सम्म १५० शैया क्षमता मै अस्पताल संचालन भईरहेको डा. चापागाईले बताउँछन् ।

इतिहासका बिभिन्न कालखण्डमा आरोह अवरोह पार गर्दै भेरी अस्पता अहिले कर्णाली र सुदुर पश्चिम सहित लुम्बिनी प्रदेशको आधाभन्दा बढी जनतालाई सेवा दिने अस्पतालकारुपमा रहेको छ भने अस्पतालमा भारतबाट समेत उपचार गर्न आउने बिरामीको संख्या ठुलो रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाइ बताउँछन् । गत वर्ष मात्र भेरी अस्पतालमा एक लाख चार सय ३२ जनाले सेवा लिएका थिए । शुक्रवार आयोजित स्थापना दिवश कार्यक्रमको अध्यक्षता गरेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र शाहले अस्पतालको सेवा बढोत्तरीका लागि सबैको सहयोग आवश्यकता रहेको बताए । प्रमुख अतिथी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले संघ अन्र्तगतको अस्पताल भए पनि प्रदेशबाट सहयोग गर्ने वाचा गरे ।

प्रकाशित मितिः     १३ श्रावण २०८०, शनिबार ०७:१२  |