- सुनिल उलक
बिरेन्द्रनगर, सुर्खेत
भर्खर भर्खर मात्र बैंक खुलेको छ । सडक पनि राम्ररी बनिसकेको छैन । २०२२ सालमा बिमानस्थल बनेपछि बिरेन्द्रनगरले बिकासको ढोका खोले पनि यहि बस्ती बस्न निकै कठिन भएको थियो । औलोको अत्यधिक प्रकोपले गढी सदरमुकाममा नै सबै प्रमुख काम हुन्थ्यो ।
२०२९ सालमा राजा विरेन्द्रको पहिलो पटक जहाजबाट चौहानचौरमा ओर्लिएका थिए । बिशाल सुर्खेत उपत्यकाको बिचमा सुर्खेत शहरको बिकास गर्ने मनसायले पेरिस शहर जस्तो सुन्दर शहर बनाउने उद्धेश्य लिई २०२९ माघ १६ गते राजा बिरेन्द्रले बिरेन्द्रनगर नगर योजनाको शुरूवात गरेका थिए । त्यतिबेलाका योजनाविद माधवभक्त माथेमालाई जिम्मा दिइएको थियो । नेपोलियन (तेश्रो)ले सन १८५३ मा बारोन हसम्यानलाई पेरिस शहरलाई सुन्दर बनाउने जिम्मा दिएका थिए । उनको योजनामा नै आजको पेरिस शहर बनेको थियो । तर सुर्खेत राजा विरेन्द्रले चाहे जस्तो बन्न सकेन । तर नाम भने विरेन्द्रसंग गाँसिएर बिरेन्द्रनगर बनाइयो ।
औलोको प्रकोपले मानिस बस्न चाहदैनथे । बिस्तारै औलो उन्मुलन भए पछि यहाँ बस्ती बिकास भएको थियो । तस्विरमा देखिएको बिरेन्द्रनगरको मुख्य सडक छेउमा खुलेको बैंक हो । बैंकबाट रकम गाडामा राखेर अन्यत्र लगिदै छ । भरिया सिक्काले भरिएको भारी बोकेर आउदैछ भने सैनिकहरू पहरा दिदै छ । एक गाडा चालक र एक भरिया देखिन्छ भने ६ जना सैनिक (प्रहरी) हरूले पहरा दिइरहेका छन् ।