नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ ।
धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम रानाभाट, उपमहासचिवमा मदनराज शर्मा,कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार छन् ।
त्यस्तै सदस्यमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा,बिष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मन्द्रसिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुद्धिन अन्सारी उम्मेदवार छन् भने कमल कार्की,राजीव तलङ्गा एशोसियट तर्फको उम्मेदवार छन् ।