ललित रौनियार भन्छन,-‘संकटमा जुझारु नेतृत्व खाेजिरहेका छन्’


नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघकाे भदौ २ गते हुने निर्वाचनमा प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारले व्यवसायीले यसपटक आफुलाई निरास नबनाउने बताएका छन् ।

उनकाे प्यानलले बिहिवार उम्मेदवारी घाेषणा गरेकाे छ । जसमा वाणिज्य उपाध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्षमा मो सफिक बेहना,महिला उपाध्यक्षमा करिष्मा योगि,महासचिवमा टंकप्रशाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन धामीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै सदस्यमा शिव प्रसाद दाहाल, सन्तोष कुमार पौडेल, विवेककुमार श्रेष्ठ, सुनिल भण्डारी,यूवराज ढकाल,प्रमोद कुमार अग्रवाल,पदम श्रेष्ठ,कैफुल वरा जोलाहा,अतुल कुमार गुप्ता हल्वाई (भाईजी) र बल बहादुर बिष्ट (बबी) रहेका
छन् ।

एशोसिएट सदस्यमा प्रदीप कुमार गुप्ता,पुरुषोत्तम अग्रवाल रहेका छन् । उम्मेदवारी घोषणाको कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार रौनियारले आर्थिक संकटका समयमा व्यवसायीका पक्षमा उभिने हक्की स्वभावको नेतृत्व
व्यवसायीले खोजिरहेको बताए । उनले भने,–‘अहिलेको आर्थिक संकट समाधानका पक्षमा दृडतापूर्वक कुरा राख्ने नेतृत्व व्यवसायी साथीहरुले खोजिरहनुभएको छ ।
त्यो नेतृत्वदायी अभिभावकत्वको लागि मेरो उम्मेदवारी हो । म कुरा चपाएर गर्ने मान्छे होइन,जहाँ व्यवसायीलाई अफ्टयारो पर्छ त्यहाँ हाजिर हुने मान्छे हो ।’

बिगतमा समेत उम्मेदवारी दिएर पराजित भइसकेका रौनियारले यसपटक आफुलाई सहानुभुती मत प्राप्त हुने आशा राखेका छन् । उनी भन्छन्,–‘मलाई यसपटक व्यवसायी साथीहरुले निरास बनाउनुहुने छैन ।’

 

समावेशी प्यानलले टंक धामीको नेतृत्वको आफ्ना उम्मेदवार घोषणा गर्दै
आगामी निर्वाचनमा बिजय बनाएर संघका कस्ता सुधारका कार्यक्रम गर्ने भन्ने बिषय
समेटिएको घोषणापत्र सार्वजनिक गरे ।

प्रकाशित मितिः     १९ श्रावण २०८०, शुक्रबार ०७:०२  |