नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वको आफ्ना उम्मेदवार घोषणा गर्दै आगामी निर्वाचनमा बिजय बनाएर संघका कस्ता सुधारका कार्यक्रम गर्ने भन्ने बिषय समेटिएको घोषणापत्र सार्वजनिक गरे ।
धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम
रानाभाट, उपमहासचिवमा मदनराज शर्मा,कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार छन् ।
त्यस्तै सदस्यमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा,बिष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मन्द्रसिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुद्धिन अन्सारी उम्मेदवार छन् भने कमल कार्की,राजीव
तलङ्गा एशोसियट तर्फको उम्मेदवार छन् ।
उम्मेदवारी घोषणामा बोल्दै अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामीले ‘व्यवसायीका पक्षमा रातदिन नभनी खटिने’ नेतृत्वकारुपमा आफुलाई निर्वाचित गर्न अनुरोध गरे ।
आफु बिगतमा समेत व्यवसायीका पक्षमा कम्मर कसेर लागेको बताउँदै उनले भने,–‘हिजो जसरी व्यवसायीका पक्षमा लागे नेतृत्वमा पुग्दा पनि व्यवसायीकक्षेत्रको हकहितका पक्षमा लाग्छु । व्यवसायीले भोग्नुपरेका कयौं
समस्या समाधानका लागि संघलाई परिचालित गर्छु ।’ अध्यक्ष पदका उम्मेदवार धामीले नेपालगन्जको विकासका पनि अघि बढ्ने बताए ।