मख्खन बहादुर धामी नेपालगन्जका सफल युवा व्यवसायी हुन् । विगत २० बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आएका छन् । खाद्यान्नको थोक विक्रेता मख्खन नेपालगन्ज उपमहानगरपालिका-१८ मा रहेको निकिता इन्टरप्राइजेज प्रालीका सञ्चालक हुन् ।
मख्खन बहादुर धामी यही भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार छन् । बुवा हंश बहादुर धामी र आमा ललितरा धामीको कोखबाट वि.स २०३९ साल भदौ ११ गते जन्मिएका मख्खन प्रष्टवक्ता हुन् । हक्की स्वभावका उनी आफ्नो जिम्मेवारी र बाचालाई पूरा गर्न सक्ने क्षमताका युवा व्यवसायी हुन् ।
नेपालगन्ज वितरक संघका महासचिव, नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघको कार्यसमिति, लायन्स क्लव अफ नेपालगन्जका अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका कार्यसमिति सदस्य, अछामी सेवा समाजका सल्लाहकार, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, नेपालगन्ज मुस्लिम समाजका सल्लाहकार समेत रहेका धामी सामाजिक सेवामा क्रियाशीलसँगै राजनीतिमा पनि उत्तिकै अब्बल छन् । महेन्द्र बहुमुखि क्याम्पसका पूर्व स्ववियु सदस्य, बर्दिया नेपालगन्ज सम्पर्क समितिका पूर्व सभापति मख्खन रेडियो सदभावका बोर्ड अफ डाइरेक्टर पनि हुन् । समाज शास्त्रमा वि.ए. गरेका धामी विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापारबारे समेत जानकार उनी अहिलेसम्म दुवई, थाइल्याण्ड, चीन, इन्डोनेसिया लगायतका देशको भ्रमण समेत गरिसकेका छन् ।
आत्म विश्वास, लगनशीलताबाटै सफलता प्राप्त हुन्छ भन्ने विश्वास लिने धामी सहयोगी र मनकारी पनि छन् । तर भनिन्छ नि, आँट र आकांक्षा हुनेहरु सीमित आकाशमा रमाउन सक्दैनन् र उनीहरुलाई धेरै पर अवसर तथा सम्भावनाको फराकिलो क्षितीज छ भन्ने पूर्वानुमान हुने गर्छ । सायद त्यस्तै आभास भएको हुनुपर्छ र त नेपालगन्जमा उनी सफल व्यवसायका रुपमा चिनिन्छन् ।