- आर्थिक संकटको सोझो प्रभाव घरेलु उद्योगमा परेको देखिएको छ । भएकै उद्योग संचालन धौधौ परिरहेका बेला बाँकेमा नयाँ उद्योग दर्ता घटेको छ । आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ७ सय १२ वटा उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९÷०८० मा ८ सय ७६ उद्योग मात्रै दर्ता भए । दर्ता भएकै मध्ये कति उद्योग संचालन हुँदैनन् ।
- ‘कोभिडले घरेलु उद्योग धरर्मराएको थियो भने आर्थिक संकटले अहिले ठप्पै बनाएको छ । यो अवस्था चालु आवमा अझ घट्ने मेरो अनुमान छ । अर्थतन्त्रको खम्बा समेत मानिनेक्षेत्रलाई प्रोत्साहन गर्ने काम कहिँकतैबाट भएन ’
– जिआर भुषाल, महासचिव (घरेलु तथा उद्योग महासंघ बाँके)
नेपालगन्ज – नेपालगन्ज–४ का राजकुमार थापा बेकरी उद्योग संचालनको तयारी थिए । पाँच वर्ष कतार बसेर फर्किएका उनी अब स्वदेशमै इलम गर्न चाहिरहेका भए पनि पछिल्लो समय देखापरेको आर्थिक संकटका कारण नयाँ व्यवसाय गर्ने आँट गर्न सकेनन् । ‘मसंग थोरै लगानी थियो तर कारोवार नै हुँदैन भन्ने बजारको अवस्था देखेर लगानी गर्नै चाहिन ।’ थापाले भने,–‘केहीवर्ष फेरी कतारमै फर्किने गरी योजना बनाएको छु ।’
खजुरा गाउँपालिका–४ का विकास सुनारले पोल्ट्री व्यवसाय गर्दै आएका थिए । तर व्यवसाय संचालन गर्न कठिनाई भएपनि छ महिना अघि उनी पोल्ट्री उद्योग बन्द भयो । अब फेरी पनि खाडी जाने गरी तयारी गरिरहेका छन् । सुनार भन्छन्,–‘मेरो त बिदेशको कमाई पनि व्यापारमा डुब्यो । अति नै भएपनि फेरी बिदेश जाँदै छु ।’
यि अर्थतन्त्रको मेरुदण्ड समेत मानिने घरेलु उद्योग हाँकेका व्यवसायीका पीडा हुन । बिदेशमा पसिना बगाएर कमाएको पैसा स्वदेशमै केही गरौं भनेर लगानी गरेका युवा हतोत्साहित भएर फेरी बिदेशी फर्किदैछन् । पछिल्लो आर्थिक संकट, अस्पष्ट नीति जस्ता कारणले घरेलु उद्योग संचालनमै सर्बसाधारणको आर्कषण कम भएको पाइएको छ । आर्थिक संकटको सोझो प्रभाव घरेलु उद्योगमा परेको देखिएको छ । भएकै उद्योग संचालन धौधौ परिरहेका बेला बाँकेमा नयाँ उद्योग दर्ता घटेको हो । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ७ सय १२ वटा उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा ८ सय ७६ उद्योग मात्रै दर्ता
भए । दर्ता भएकै मध्ये कति उद्योग संचालन हुँदैनन् । कार्यालयका रमेशबहादुर बुढाले बिगतको वर्षको तुलनामा घरेलु उद्योग दर्ता ह्वात्तै घटेको बताए ।
घरेलु तथा साना उद्योग व्यवसायी महासंघ बाँकेका महासचिव जिआर भुषाल आर्थिक संकट, घरेलु उद्योगप्रति अस्पष्ट नीति र युवाहरुको बिदेश पलायनका कारण उद्योग दर्तामा कमी आएको बताउँछन् । उनी भन्छन्,–‘कोभिडले घरेलु उद्योग धरर्मराएको थियो भने अहिले ठप्पै बनाएको छ । यो अवस्था चालु आवमा अझ घट्ने मेरो अनुमान छ । अर्थतन्त्रको खम्बा समेत मानिनेक्षेत्रलाई प्रोत्साहन गर्ने काम कहिँकतैबाट भएन ।’
महासचिव भुषालले सरकारबाट तर्फबाट घरेलु तथा साना उद्योगको संरक्षण गर्न नसकेको कारण लगानी धराशायी हुने खतरासमेत बढेर गएको चिन्ता व्यक्त गरेका छन् । खुला सिमानाको कारण सीमापारीको बजारबाट अनाधिकृत रुपमा भित्रिने विभिन्न सामानहरुको कारण नेपाली उद्योग सुक्दै गएको, लगानी सुरक्षित नभएको जस्ता गुनासाहरु उद्योगीहरुबाट आएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधु खड्काले भनिन्े–‘ सरकारले यो क्षेत्रलाई बलियो बनाउन चासो दिनुपर्छ ।’ महासंघ बाँके महासचिव भुषाललृ बांकेका घरेलु तथा साना उद्योगले उर्जा,सुरक्षा, राजनीतिक अस्थिरता र बजारीकरणको समस्या झेलिरहेको बताए । उनले भने–‘भारतसंग सीमा जोडिएको जिल्ला भएका कारण हाम्रो उत्पादनले अन्य उत्पादनसंग प्रतिस्पर्धा गर्न सकेको छैन् ।’