बाँके २७ साउन । नेपाल चार्टर्ड एकाउन्टे्ट्स संस्था (आइक्यान) ले परिषदको ३०८ औँ बैठकबाट सिए तेज प्रकाश दीक्षितको संयोजकत्वमा संस्थाको नेपालगञ्ज शाखा समन्वय समिति गठन गरेको छ ।
सदस्यमा चार्टर्ड एकाउन्टेन्ट्को तर्फबाट सिए. अनिश अधिकारी, सिए सागर अधिकारी, सिए. प्रवन्जन रेग्मी र दर्तावाल लेखापरीक्षको तर्फबाट आरए. मोहम्मद जुबेर राई, आरए. अनिता कुमारी श्रेष्ठ, आरए. गोकर्ण प्रसाद आचार्य र सचिवमा आइक्यान नेपालगञ्ज शाखाका शाखा प्रमुख देवराज अधिकारी रहेका छन् ।
शाखा समन्वय समितिले सरोकारवाला संग समन्वय गर्न, सदस्यहरूको क्षमता अभिवृद्धि गर्नको विभिन्न तालिम सञ्चालन गर्न र सेवाग्राहीहरुलाई प्रभावकारी ढंगले सेवा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) विशेष ऐन “नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३” अन्तर्गत स्थापित नियमनकारी निकाय हो ।
यसले नेपालमा लेखाव्यवसायको विकास, संंरक्षण, संवद्घन तथा नियमन गर्ने कार्य गर्दछ । त्यसका अतिरिक्त लेखव्यवसायमा प्रवेश गर्न चाहनेहरुका लागि चार्टर्ड एकाउन्टेन्ट् तथा चार्टर्ड एकाउन्टेन्ट् सदस्यता परीक्षा लिने कार्य समेत यसको जिम्मेवारी भित्र पर्दछ ।
हाल आइक्यानमा करिब दुई हजार एक सय जना चार्टर्ड एकाउन्टेन्ट (सीए) र करिब सात हजार दुई सय रजिष्टर्ड अडिटर (आरए) सदस्यको संख्या रहेको छ ।