काठमाडौं । बैंकमा तरलता बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर घटाउन थालेका छन् । यसै क्रममा गरिमा विकास बैंकले निश्चित (फिक्स) ब्याजदरमा नयाँ घरकर्जा योजना ल्याएको छ ।
गरिमाले ११.९९ प्रतिशतको फिक्स ब्याजदरमा गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको हो ।
बैंकले हरेक नेपालीहरुको ‘आफ्नै घर, आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित नयाँ कर्जा योजना ल्याएको बताएको छ । गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म परिवर्तन हुने छैन ।
कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने बैंकले जनाएको छ । निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताएको छ ।
अहिले बैंकले देशभर १२१ शाखा, ५० एटिएम र डिजिटल बैंकिङमार्फत ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।