नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको सम्वद्ध सदस्यमा किशन गुरुङ्ग बिजयी भएका छन् । त्यस्तै अर्को सदस्यमा बिनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् । गुरुङ्गले १६ मत ल्याएका थिए भने श्रेष्ठ र पौडेलले बराबर १५ मत ल्याएका थिए ।
बिभिन्न व्यवसायीहरुको संगठनहरु संघमा सम्वद्ध सदस्यकारुपमा रह“दै आएका छन् । उनीहरु मध्ये दुई जना सदस्यकारुपमा संघमा प्रतिनिधित्व गर्छन् ।
बराबर हुने सदस्यहरुले आधा–आधा कार्यकाल सम्हाल्ने गरेको नजिर संघमा रहेको छ ।