नेपालगन्ज ३ भदौ । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंक बहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उम्मेदवार धामी साझा प्रजातान्त्रिकका ललित रौनियारलाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए ।
धामीले मत २ हजार ४ सय ५६ मत ल्याए भने रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे । धामीले संघकाे इतिहासमा फराकिलो मतान्तरले बिजय हुने रेकर्ड कायम गरेका छन् । अध्यक्ष सहित अन्य अधिकांस पदमा समावेशी प्यानलकै उम्मेदवार निर्वाचित भए । उपाध्यक्ष लगायतका पदाधिकारीकाे मतगणना राति नौं बजेसम्म जारी रहँदा काेषाध्यक्ष बाहेक अन्य पदमा समावेशी प्यानलका उम्मेदवार अगाडि छन् । काेषाध्यक्षमा रौनियार नेतृत्वकाे प्यानलका मख्खन धामी अगाडि छन् । महासचिवमा कडा प्रतिस्पर्धा छ ।
धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम रानाभाट, उपमहासचिवमा मदनराज शर्मा,कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार छन् ।
त्यस्तै रौनियारको प्यानलबाट वाणिज्य उपाध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्षमा मो सफिक बेहना,महिला उपाध्यक्षमा करिष्मा योगि,महासचिवमा टंकप्रशाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन धामीलाई उम्मेदवार बनाएको छ ।
सदस्य पदमा पनि समावेशी प्यानलमा धेरै सदस्य निर्वाचित भए । समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समुहका तीन जना विजयी भएका छन् ।
१० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् ।
विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस–एकिकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समुहका उम्मेदवार हुन् । विष्णु श्रेष्ठ, डम्वरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके एमाले–माओवादी–राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।
सदस्यहरु तर्फको प्रतिस्पर्धामा विष्णु श्रेष्ठले सर्वाधिक एक हजार नौ सय ८० मत प्राप्त गरेका छन् । एक हजार आठ सय ८८ मत सहित डम्बरबहादुर चन्द दोस्रो, एक हजार आठ सय २० मतसहित तेस्रो, शिवप्रसाद एक हजार आठ सय ५ मत सहित चौथो, एक हजार सात सय २२ मतसहित तोमबहादुर पाँचौं स्थानमा छन् ।
यसैगरी एक हजार सात सय १ मतसहित सुदन केसी छैठौं, एक हजार छ सय ३ मतसहित टिकामणी सातौं, एक हजार पाँच सय ९६ मत प्राप्त गरि बुद्धिबहादुर आठौं, एक हजार पाँच सय ६५ मतका साथ युवराज ढकाल नवौं र दसौँमा रहेका सन्तोषकुमार पौडेलले एक हजार पाँच सय ३१ मत प्राप्त गरेका छन् ।
एसोसिएट तर्फ कमल कार्की र प्रदीप गुप्ता बिजयी भएका छन् । कार्कीले १ सय ११ र प्रदीप गुप्ताले ८८ मत पाएका छन् ।
सम्वद्ध सदस्यमा किशन गुरुङ्ग बिजयी भएका छन् । त्यस्तै अर्को सदस्यमा बिनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् । गुरुङ्गले १६ मत ल्याएका थिए भने श्रेष्ठ र पौडेलले बराबर १५ मत ल्याएका थिए ।
बिभिन्न व्यवसायीहरुको संगठनहरु संघमा सम्वद्ध सदस्यकारुपमा रह“दै आएका छन् । उनीहरु मध्ये दुई जना सदस्यकारुपमा संघमा प्रतिनिधित्व गर्छन् ।
बराबर हुने सदस्यहरुले आधा–आधा कार्यकाल सम्हाल्ने गरेको नजिर संघमा रहेको छ ।