नेपाल बैंक र नेपालगन्ज नर्सिङ्ग क्याम्पसबीच सहकार्य


नेपालगन्ज- नेपालगन्ज नर्सिङ्ग क्याम्पस र नेपाल बैंक लिमिटेड ‘सिटी अफिस’ बीच सेवाग्राही कर्जाको लागि संझौता भएको छ । नेपालगन्ज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनार र नेपाल बैंक लिमिटेड बा“केका शाखा प्रवन्धक रुपेश कुमार श्रीवास्तव बीच संझौता पत्रमा हस्ताक्षर भएको छ ।

क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका आधारमा सेवाग्राही कर्जा अन्तर्गत वार्षिक आधार दर बैंकको नियमानुसार ३.५ प्रतिशत दरले व्याज लिने गरी अधिकतम् पन्ध्र लाख सम्मको कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल बैंक लिमिटेड तथा नेपालगन्ज नर्सिङ्ग क्याम्पस बीच भएको सेवाग्राही कर्जा सहमतिले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आगामी दिनहरुका लागि राहत भएको क्याम्पस प्रमुख सुनारले जानकारी दिइन ।

प्रकाशित मितिः     ४ भाद्र २०८०, सोमबार ११:२०  |