कोहलपुर नगरपालिकाले पशुलाई सुत्केरी भत्ता दिने


कोहलपुर । कोहलपुर नगरपालिकाले गाई,भैसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरकार्यपालिको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त भत्ता दिन लागिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए । सुत्केरी गाई,भैसीलाई दुई हजार भत्ता दिइने छ ।

उक्त कार्यका लागि नगरपालिका भित्र रहेका पशुपालक कृषकहरुले पालन गरेका पशु (गाई, भैसी) को लगत लिन सूचना नै जारी गरिएको छ ।

प्रकाशित मितिः     ४ भाद्र २०८०, सोमबार १३:४४  |