‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को घोषणा


नेपालगन्ज /प्राविधिक शिक्षा अध्ययनका लागि अवसर
क्यान महासंघद्धारा विएससी आईटी बिषय अध्ययनका लागि सञ्चालित ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ घोषणा गरेको छ ।

देशका सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जनाका दरले ७ जना छात्रा लाई पूर्ण छात्रबृति र ४२ जनालाई आंशिक छात्रबृति प्रदान गरीने छ ।

ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउन क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजविच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउने क्यान महासंघका निबर्तमान अध्यक्ष नवराज कुँवरले बताए ।

प्रकाशित मितिः     ८ भाद्र २०८०, शुक्रबार १६:२३  |