सकियो विश्वविख्यात जापानी कम्पनी तोसिबाको शताब्दी पुरानो विरासत


 

एजेन्सी। विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोसिबा कर्पोरेशनले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गरेको छ।

तोसिबा कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको बिहीबार जनाएको छ। कम्पनीले प्राइभेट इक्विटी फर्म जापान इन्डस्ट्रियल पार्टनर्सको नेतृत्वमा रहेको कन्सोर्टियमले ७८.६५ प्रतिशत सेयर खरिद गरेको घोषणा गरेको छ।सम्झौताअनुसार यस वर्षको अन्त्यसम्ममा कम्पनीको सेयर सेयर बजारबाट निकाल्न सकिनेछ।

सन् १८७५ मा स्थापना भएको तोसिबा कर्पोरेशन १९ औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो।

७० वर्षसम्म सेयर बजारमा सूचीकृत कम्पनी अब त्यसबाट हट्ने प्रमुख कार्यकारी अधिकृत (सिइओ) तारो सिमादाले बताएका छन्। “तोसिबा समूहले अब नयाँ सेयरधनीका साथ नयाँ भविष्यतर्फ ठूलो कदम चाल्नेछ,” बिहीबार विज्ञप्ति निकालेर उनले भनेका छन्।

‘तोसिबाको विना हुनुमा कर्पोरेट सुशासन नहुनुको परिणाम हो,’व्यापार सल्लाहकार फर्म यूरोटेक्नोलोजी जापानका प्रमुख कार्यकारी गेहार्ड फासोलले भने।

toshiba1695349576.JPG

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा  ल्यापटप कम्प्युटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो।

सन् २०१५ मा भएको आर्थिक घोटाला र अमेरिकी आणविक सहायक वेस्टिङ हाउसबाट अर्बौं डलरको घाटा व्यहोर्नुपरेपछि केही वर्षदेखि कम्पनी सङ्कटमा फसेको थियो। ६ वर्षमा तोसिबाले आफ्नो नाफा १ अर्ब डलर बढाएको थियो।

यसबीचमा तोसिबाले ४ करोड ७० लाख डलर जरिवाना तिर्यो जुन देशको इतिहासमा त्यो समयको सबैभन्दा ठूलो रकम थियो। दुई वर्षपछि, यसले आफ्नो अमेरिकी आणविक ऊर्जा व्यवसाय वेस्टिङहाउसमा ७ खर्ब  येन राइटडाउन गराउँदा ठूलो नोक्सान व्योहर्नुपर्यो।

टाट पल्टिनबाट बच्न सन् २०१८ मा तोसिबाले आफ्नो मेमोरी चिप व्यवसाय बेच्यो। जुन कम्पनीको पोर्टफोलियोमा मुकुटरत्नको रूपमा हेरिएको थियो।

त्यसबेलादेखि तोसिबाले २०२१ मा बेलायतको निजी इक्विटी समूह सिभिसी क्यापिटल पार्टनर्सबाट अधिग्रहण प्रस्तावहरू प्राप्त गरेको थियो। जसलाई तोसिबाले अस्वीकार गर्यो। सोही वर्ष कम्पनीले विदेशी लगानीकर्ताको हितलाई दबाउन जापानी सरकारसँग मिलेर काम गरेको पाइएको थियो।

त्यसपछि फर्मले कम्पनीलाई तीन अलग अलग व्यवसायमा विभाजन गर्ने योजना घोषणा गर्यो। महिनाभित्र योजना परिमार्जन गरियो। यसको बोर्डले कम्पनीलाई दुई इकाइमा विभाजन गर्ने  बताएको छ।

नयाँ ब्रेकअप योजना अघि सार्नुअघि बोर्डले कम्पनीलाई जेआइपीको प्रस्तावलाई विचार गरिरहेको बताएको थियो।

प्रकाशित मितिः     ५ आश्विन २०८०, शुक्रबार १४:०४  |