बाँकेकाे बालसुधारगृहमा ‘ग्याङ फाइट’,एक जनाकाे मृत्यु


नेपालगन्ज । नेपालगन्ज  ५ असोज । बाँकेको डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । गएराति भएको झडपमा एक जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

मृत्यु हुनेमा  २१ वर्षीय सुलभ केसी रहेका छन् । झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

झडपमा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको उनको भनाइ छ । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । अहिले पनि सुधारगृह तनावग्रस्त छ ।

प्रकाशित मितिः     ५ आश्विन २०८०, शुक्रबार ०९:४०  |