नेपालगन्ज ३ असाेज । नेपालगन्जमा पैटल वाला साईकललाई कन्भर्ट गरि इलेक्ट्रोनिक साइकल बनाएर बिक्रि गर्न शुरु गरिएको छ ।
हाल दुई नयाँ मोडलको इलेक्ट्रीक साइकल विक्री सुरु गर्ने भएको हो । नेपालगन्जमा नेपालगन्ज बाइसाइकलसँगको सहकार्यमा कुनै पनि साइकललाई इलेक्ट्रोनिक बनाउन थालेको संचालक गगन थापाले जानकारी दिए ।
पछिल्लो समय नेपालमा ब्यवसायिक रुपा राम्रो संग सञ्चालनमा आएको ई–रिक्साको संख्या ह्वात्तै बढ्दै गए संगै ट्राफिक ब्यवस्थापनमा चुनौती सँगै दुर्घटना पनि दिनानुदिन बढ्दै गइरहेको छ ।
नेपाल सरकारले वायुप्रदुषणलाई न्यूनीकरण गर्न विद्युतीय साधन प्रयोगमा ल्याए पनि मध्य तथा तराई भेगमा अत्यधिक प्रयोगमा आएको ३ पांग्रे ई-रिक्साले सडक चापलाई निकै ब्यस्त बनाएको पाइनुको साथै दिनानुदिन सबैभन्दा बढी दुर्घटना ई-रिक्सा तथा अटो रिक्सको भएएको पाइएको छ ।
ई-रिक्सा बाट हुने बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ईभि नेपाल कम्पनीले नेपालगन्जमा ई-रिक्सालाई डब्बल ब्रेकको सिस्टम ल्याएको छ । हालसम्म नेपालमा रहेका सबै ई-रिक्साको सिङ्गल ब्रेक मात्र रहेको हुदा समय समयमा हुने दुर्घटनालाई रोक्न डब्बल ब्रेक सिस्टम लिइएको र पुराना सिंगल ब्रेकमा पनि थोरै सामान्य रकममा पनि डब्बल ब्रेक जोड्न सकिने ईभि नेपाल कम्पनीका प्रमुख सुरज आले मगरले बताएका छन ।