सुर्खेतको भेरी गंगा नगरपालिका- ५ हरेडाँडा ताजा, हरियो तरकारी र फलफूलको केन्द्रका रुपमा परिचय बनाउँदै आएको छ । राजमार्गको मुख्य विन्दुको रुपमा रहेको हरेडाँडा बर्दिया राष्ट्रिय निकुन्जको छेउमा रहेको छ।
यो रुटमा यात्रा गर्दा धेरै सर्वसाधारणहरूले यहाँको तरकारी लिने गर्दछन्। अधिकांश सञ्चार माध्यमको टावर रहेको अग्लो डाँडा हर्रेमा तरकारीको लागि पनि महत्व रहँदै आएको छ ।