अख्तियारकाे कर्मचारी भन्दै बाँकेका सरकारी कार्यालयमा ठगी गर्ने पक्राउ


नेपालगन्ज । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हूँ भन्ने व्यक्ति बाँकेमा पक्राउ परेका छन् । नेपालगन्ज उप-महानगरपालिका – २० राँझा बस्ने मोहन कोइराला पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

डाँगीका अनुसार विगत केही समय देखी काेइरालाले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी सुविधा लिने गरेको भन्ने सूचना प्राप्त भएको थियाे ।

उक्त सुचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज र प्रहरी टोलीले काेइरालाकाे निगरानी गरेकाे थियाे ।

पक्राउ गर्न गएको अख्तियार र प्रहरी टोली माथि काेइरालाले गाली गलौज गरि काम कारबाहीमा अवरोध गरेका थिए ।

प्रहरीले पक्राउ परेका कोइरालाबाट कोही कसै ठगिन गएको भएमा वा निजले कोही कसै लाई भ्रममा पारी आश्वासन दिई लाभ लिएको भएमा उजुरी दिन भनेकाे छ ।

प्रकाशित मितिः     १० कार्तिक २०८०, शुक्रबार १७:५६  |