सानिमा बैंकद्धारा कोहलपुरमा छात्रबृत्ति


बाँके  । सानिमा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै  चालू आर्थिक बर्षका लागि काेहलपुरमा विद्यार्थीलाई छात्रबृत्तिमा छनोट गरेको छ । छनौट भएका विद्यार्थीमा त्रिभुवन माविकी मालिका यादव र राम माविका आदर्श लोनिया रहेको बैंकका शाखा प्रबन्धक सन्तोष गुरुङ्गले जानकारी दिएका छन् ।

एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ पढिरहेका विद्यार्थीलाई आर्थिक समस्या नहोस् भनेर छात्रबृत्तिमा छनोट गरिएको गुरुङ्गले बताए । उनीहरुलाई प्रति विद्यार्थी प्रती बर्ष ५० हजार सम्म बैंकले खर्च गर्ने छ । छनोट बैठकमा नगरपालिकाका शिक्षा शाखा लगायतको प्रतिनिधित्व हुने गरेको छ ।

बैंकले मोफसलका बालबालिकाको उच्च शिक्षाका लागि छात्रबृत्ति दिदै आएको छ । सरकारी बिद्यालयमा अध्ययरत जेहेन्दार,बिपन्न बिद्यार्थीलाई सहयाेग गर्दै आएको छ ।

प्रकाशित मितिः     १२ कार्तिक २०८०, आईतवार १५:५८  |