स्वदेशमै मनग्य सयपत्री फूल उत्पादन,भारतबाट आयात प्रतिबन्ध


नेपालगन्ज । यस वर्षको तिहारलक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ ।

मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।

तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो ।

विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्रले जनाएको छ ।

यस वर्ष तिहारमा झण्डै ४० लाख सयपत्री माला खपत हुने अनुमान गरिएको छ ।

 

प्रकाशित मितिः     १६ कार्तिक २०८०, बिहीबार १२:३४  |