नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा,कर्पोरेट हाउसको निरन्तर साथ


नेपालगन्ज – यही २०८० मंसिर ९ गते शनिबार आयोजना हुने नवौ धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । यसवर्ष म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । स्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी गराइने छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र इन्द्र विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ९५ मंसिर २०६३० स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिदैआएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौ धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता जारी राखिएको छ । खुला गरी

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नेपालगन्ज म्याराथनको वेभसाइट मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरि विभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन ९४२.१९५ किमी०, महिलातर्फ हाफ म्याराथन ९२१ किमी०, १० किमी पुरुष / महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन ९८ देखि १२ वर्ष उमेर समुह०, ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड ९५ किमी० सञ्चालन गरिनेछ । केएल दुगत, शिखदर प्लाई जस्ता उद्योगहरुले सुरुदेखि नै नेपालगनज म्याराथनलाई साथ दिदै आएका छन् ।

 

प्रकाशित मितिः     १६ कार्तिक २०८०, बिहीबार १२:४८  |