नेपालगन्ज २१ कात्तिक । खजुरा गाउँपालिकाले भुकम्पबाट घाइते भएका बिरामीकाे उपचारमा सहजताका लागि भेरी अस्पतालमा स्वास्थ्यकर्मी खटाएको छ ।
गाउँपालिकाले भेरीमा स्टाफ नर्स एक जना,सिनियर अनमि एक जना,हेल्थ असिस्टेन्ट एक जना र सिएमए दुई जना गरि पाँच जना स्वास्थ्यकर्मी पठाएको नर्सिङ अधिकृत लक्ष्मी केसीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार खटाइएका स्वास्थ्यकर्मी निरन्तर उपचार लागेका छन् । पालिकाले भुकम्प प्रभावितलाई सहयाेग समेत गरेकाे छ