भुकम्प प्रभावित विद्यार्थीका लागि बराहताल पालिकाका अध्यक्षको उदाहरणीय काम


नेपालगन्ज २४ कात्र्तिक । बराहताल गाउँपालिका सुर्खेत जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितलाई आर्थिक सहयोग मात्रै गरेन् त्यहाँबाट बालबालिकालाई उच्च शिक्षा पढाइने निर्णय गरेर फरक उदाहरण प्रस्तुत गरेको छ ।

पालिका अध्यक्ष भिमबहादुर भण्डारीका अनुसार, विभिन्न स्थानीय तहमा बिनाशकारी भुकम्पबाट मानवीय तथा भौतिक संरचनाको क्षति भएका नागरिकहरूलाई पुनः स्थापना तथा भौतिक संरचनाको पुननिर्माण कार्यका लागि राहत स्वरुप नगद जम्मा रकम पाँच लाख सहयोग गरिएको छ ।

आर्थिक सहयोग मात्रै नभई बराहताल गाउँपालिका वडा नं ५ स्थित जनज्योति मावि बड्डिचौर भुकम्प पीडित ३० जना विद्यार्थीहरुलाई १८ महिने जेटिए (कृषि/पशु) र ३० जना विद्यार्थीहरुलाई ३ वर्षे डिप्लोमा (कृषि  पशु) बिज्ञान निः शुल्क अध्यापन गराउने निर्णय भएको छ ।

 

 

प्रकाशित मितिः     २४ कार्तिक २०८०, शुक्रबार १४:५८  |