बाँके २४ कात्र्तिक । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा कार्यालयले शुक्रवार नोभेम्बर १० अन्तर्राष्ट्रिय लेखा दिवसका दिन प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी, विद्याथी लगायत अन्य सरोकारवालाहरु सहित करिब ६० जनाको सहभागिता रहेको थियो ।
प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय श्रृष्टिहल रोडबाट सुरु भई बिपि चोक, धम्बोजी चोक, सेतु बिक चोक, त्रिभुवन चोक हुँदै पुनः शाखा कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभा कार्यक्रमा नेपालगंज शाखा कार्यालयका प्रमुख देवराज अधिकारीले उक्त कार्यक्रमको उदेश्य अन्तर्राष्ट्रिय लेखा दिवस भव्यताका साथ मनाई लेखा प्रणालीको महत्वको सम्बन्धमा आम जनमानसमा जनचेतना जगाउनु रहेको बताए ।
सभामा अडान, बाँकेका अध्यक्ष भुवन प्रसाद गैरे, एक्यान, बाँकेका प्रतिनिधि सिए। बिवस खड्का, घरेलु तथा साना उद्योग महासंघ, नेपालगंजका महासचिव गिरीराज भुसाल, नेपालगंज शाखा समन्वय समितिका पूर्व संयोजक सिए। कन्हैया लाल टण्डन लगायतले अन्तर्राष्ट्रिय लेखा दिवसको महत्व तथा लेखा प्रणालीले व्यापार, व्यवसायको वित्त प्रणालीमा पार्ने प्रभावको विषयमा उजागर गरेका थिए ।
हरेक सफल व्यवसायको लागि एक महान लेखापालको आवश्यकता र लेखापालन नै हरेक सफल व्यवसायको भाषा हो भन्ने निश्कर्ष सहित कार्यक्रममा उपस्थित सम्पूणर्लाई धन्यवाद दिदै कार्यक्रमको समापन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगंज शाखा समन्वय समितिका संयोजक सिए। तेज प्रकाश दीक्षितले गरेका थिए ।
आधुनिक लेखा पद्धतिका पिताका रुपमा परिचित लुका पेसिओलीले सन १४९४ मा नामक पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष नोबेम्बर १० लाई “इन्टरनेशनल एकाउन्टिङ्घ डे”े को रुपमा मनाइँदै आइएको छ ।
अन्तर्राष्ट्रिय लेखा दिवस पहिलो पटक सन १९७२ मा क्यालिफोर्निया सोसाइटी अफ सीपिए वा इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट्सको सान डिएगो च्याप्टरले मनाउन सुरु गर्यो । त्यस समयमा, संगठनले लेखा क्षेत्रमा अवसरहरू महसुस गर्न युवा पुस्ताहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको थियो । पछि, सन १९७६ मा अन्य समूहहरूले यस अवसरलाई मनाउन थाले । इन्टरनेशनल फेडिरेसन अफ एकाउन्टेन्स ९आईएफएसी०, कनफिडिरेसन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टस ९सिएफपीए० तथा साउथ एसिया फिडिरेसन अफ एकाउन्टस ९एसएएफए० का सदस्य संस्थाहरुले नोभेम्बर १० लाई इन्टरनेशनल एकाउन्टिङ डे को रुपमा मनाउँदै आएका छन ।
हरेक अन्य पेशा जस्तै लेखामा सकारात्मक विचार गर्नुपर्ने धेरै कुराहरु छन । अन्तर्राष्ट्रिय लेखा दिवसमा, मानिसहरूले लेखाकारहरूको महत्व र कुनै पनि व्यवसायको सहज सञ्चालनमा उनीहरूको योगदानलाई बुझाउन र यस पेशामा रहेका अवसरहरु चिनाउनका साथै लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूणर् उपलब्धिहरुलाई उजागर गर्न तथा लेखा शिक्षासम्बन्धी नवीन अवधारणाहरुको विषयमा छलफल गर्न, लेखाका विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्न र लेखा शिक्षाको प्रचारप्रसार गर्न इन्टरनेशनल एकाउन्टिङ्घ डे मनाउने गरिन्छ ।