आँट भए फरक क्षमताका व्यक्तिहरुले समेत अरु जस्तै काम गरेर देखाउन सक्छन् भन्ने उदाहरण बनेकी छन् सुनिता । यही कामका कारण कुनै बेला होची भन्दै हेपाहा व्यवहार गरेकाहरुले समेत अहिले उनलाई ‘बिजनेशम्यान’ भन्दै सम्मान
गर्छन । ‘अरुले के भन्छन् त्यसमा मलाई कुनै चासो छैन । म के गर्दैछु त्यसमा ध्यान लगाउँछु ।’– अरुले गर्ने टिकाटिप्पणीप्रति कुनै चासो नराख्ने गरेको बताउँदै उनी भन्छिन्,–‘यही कारण आज पनि ब्यापारमा निरन्तर लागिरहेकी छु ।
- अर्थपेज संवाददाता
बाँके । बैजनाथ–८ की सुनिता चौधरीको उमेर तीस वर्ष पुग्यो । तर कद (उचाई) भने करिव तीन फिट छ । कद होचो भएपनि सुनिताले समाजमा उँचो काम गरेर देखाएकी छन् । दश वर्षदेखि गाउँमै स्टेशनरी व्यापार गरेर परिवारका
सदस्यको पालनपोषण गरिरहेकी छन् ।
आँट भए फरक क्षमताका व्यक्तिहरुले समेत अरु जस्तै काम गरेर देखाउन सक्छन् भन्ने उदाहरण बनेकी छन् सुनिता । यही कामका कारण कुनै बेला होची भन्दै हेपाहा व्यवहार गरेकाहरुले समेत अहिले उनलाई ‘बिजनेशम्यान’ भन्दै सम्मान गर्छन । ‘अरुले के भन्छन् त्यसमा मलाई कुनै चासो छैन । म के गर्दैछु त्यसमा ध्यान लगाउँछु ।’– अरुले गर्ने टिकाटिप्पणीप्रति कुनै चासो नराख्ने गरेको बताउँदै
उनी भन्छिन्,–‘यही कारण आज पनि ब्यापारमा निरन्तर लागिरहेकी छु ।’
सुनिताले सन्तोष चौधरी जनरल स्टोर चलाउँदै आएकी छन् । यो उनको दाईको नामको फर्म हो । दश वर्षअघि उनी बिते पछि सुनिताको जीवनले नयाँ मोड लिएको हो । घर चलाउन खर्च जुटाउने जेठो दाई बितेपछि परिवार पाल्न नेपालगन्जमा पढिरहेकी सुनिता गाउँ फर्किएकी थिइन । नेपालगन्जको धम्बोझी माध्यामिक विद्यालयमा कक्षा दशमा पढेर प्रवेशिका परिक्षाको तयारी गर्दागर्दै परिवारमा बज्रपात परेपछि घर फर्किइन । त्यसपछि उनले दाजुले चलाउँदै आएको ब्यापार सम्हालेकी थिइन ।
‘पढ्ने इच्छा थियो तर समय र परिस्थितीले पढ्ने मौका दिएन । दाजु बितेपछि परिवारका लागि मैले नै दाईको ब्यापार सम्हाल्नुपर्ने अवस्था आयो ।’–सुनिता भन्छिन्,–‘बुवा,आमा सहित दाजुको परिवार पाल्न पनि ब्यापार मैले नै हेरे ।’
व्यापार शुरु गर्दा आर्थिक संकट, समाजको हेपाहा प्रबृत्तिको सिकार उनी भइन । तर पनि हिम्मत नहारेकी उनले ब्यापारलाई निरन्तरता दिइन । ‘जस्तोसुकै फरक शारीरिक क्षमता भए पनि मैले हार खाइन । कहाँ कहाँबाट स्टेशनरी सामान ल्याएर बिक्री गर्थे ।’–उनले दुःखका दिन सुनाइन ।
यसरी ब्यापारमा सक्रिय भएर अरुका लागि उदाहरण बनेकी सुनिता पुस्ता तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाको १६ औं साधारणसभामा नगद सहित सम्मानित भइन । सम्मान लिन बुवा रामशरण सहित उनी नेपालगन्ज आएकी थिइन । ‘मेरो कामलाई यहाँहरुले सम्मान गरेर थप हौसला दिनु भयो असाध्यै खुसी छु ।’– उनले सम्मान पाएपछि कार्यक्रममा भनेकी थिइन । साथमै रहेका बुवा
रामशरणले ‘छोरीको सम्मानमा खुसी व्यक्त’ गरे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेकी दिृतीय उपाध्यक्ष मिना डाँगीका अनुसार, व्यवसायीहरुको खोजी गर्दै हिड्ने क्रममा सरिताका बारेमा
पत्ता लागेको हो । ‘टेबलमा बसेर उहाँले फोटोकपी गर्नुहुँदो रहेछ । जस्तोसुकै शारीरिक अवस्था भएपनि उहाँले गरेको काम देखेर हौसला बढाउन हामीले सम्हान गरेका हौं ।’ पछिल्लो आर्थिक संकटले व्यापार सुकेको
बताउँदै भन्छिन,–‘नत्र घरखर्च चलेकै छ ।’