नेपालगन्ज । नेपालगन्जमा चलचित्र दिमाग खराबले हाउसफुल ब्यापार गरेको छ । वड अफ माउथ नै चलचित्रको बलियो पाटो हो । चलचित्र हेर्ने दर्शकले चलचित्रको खुलेर तारिफ गरेकाे चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पाैडेल बताउँछन् ।
चलचित्र हिन्दी चलचित्रको दबाबमा परेकाले राम्रो चलचित्र हुदा हुँदै पनि पाउने पर्ने शोहरु नपाउँदा निर्माता तथा निर्देशक र कलाकारको खेद प्रकट स्वीकार्य भएको उनकाे भनाइ छ ।
उनी भन्छन,- “हिन्दी चलचित्रकाे तामझाम केही दिनकालागि होला तर राम्रो नेपाली चलचित्रमा राजनीति नआओस ।” अहिले चलचित्र टाइगर -३ भन्दा दर्शक चलचित्र दिमाग खराब प्रती आकर्षित भएको पौडेलको विश्लेषण छ।