नेपालगन्ज – नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ।
मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम तथा क्रियाकलाप सहित विभाग र मातहतका सम्पूर्ण कार्यालयहरूबाट कर सप्ताह मनाइने आन्तरिक राजस्व विभागले जनाएको छ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताहको यस अवसरमा करदातालाई केन्द्रविन्दुमा राखी करदाताहरुको अधिकतम सहभागिता सहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको सहयोग तथा सहकार्यमा रचनात्मक कार्यक्रमहरु सञ्चालन हुने र यी कार्यक्रमहरुबाट आम नागरिकमा कर सम्बन्धी जागरण आउने, करको दायरा थप विस्तार हुने तथा गुणस्तरिय सेवाप्रवाह भइ स्वैच्छिक कर सहभागिता अभिबृद्धि हुने भएकोले दिवसको विशेष महत्व रहेको छ।
कर सप्ताहकै अवसरमा नेपालगन्ज न्युरोडस्थित
दीक्षित एन्ड एसोसिएट्स्, चार्टर्ड एकाउन्टेन्सले कर सम्बन्धी सम्पुर्ण परामर्श सेवाहरु निशुल्क दिने भएको छ ।
कर सम्बन्धी कुनै जिज्ञासा भए catejprakash.mitr@gmail.com वा फोन 081-530680 मा सम्पर्क गर्नु सक्नु हुन्छ ।