भुकम्प प्रभावितका लागि प्लाईउड संघद्धारा राहत सामाग्री हस्तान्तरण


नेपालगन्ज, १ मंसिर । नेपाल प्लाईउड उद्योग संघले शुक्रवार जाजरकोटका भूकम्प पीडितका लागि जिल्ला प्रशासन कार्यालय बाँके मार्फत राहत सामाग्री हस्तान्तरण गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई श्रवणकुमार पोखरेललाई संघले भुकम्प पीडतको आश्रयका लागि आवश्यक पर्ने ८ सय थान त्रिपाल, कालो फर्म २० रोल हस्तान्तरण गरिएको हो । संघले भूकम्प पीडितको घाउमा मल्हम लगाउने उदेश्यले राहत सामग्री हस्तान्तरण गरिएको बताएको छ ।


संघका पूर्व अध्यक्ष एवं सल्लाहकार चम्पालाल बोथरा, ओम प्लाईका प्रबन्ध संचालक पशुपतिदयाल मिश्र, शिखर प्लाईका प्रबन्धक प्रदिप दुगड, बागेश्वरी प्लाईका प्रकाश थापा सहितको टोलीले राहत सामग्री हस्तान्तरण गरेको हो ।

प्रकाशित मितिः     १ मंसिर २०८०, शुक्रबार १५:१७  |