निगमको बाँकेमा मुल्यवान नौं बिघा जग्गा, तर छैन उपयोग


नेपालगन्ज । राजनीतिक भर्तीकेन्द्र, अक्षम व्यवस्थापन जस्ता कारणले नेपाल बायु सेवा निगमन जहिल्यै थलिएकै अवस्थाबाट गुज्रिरहेको छ । निगम अहिले ४८ अर्ब तीन करोड रुपैयाँ ऋणमा छ, जसको औषत ब्याजदर १० प्रतिशतभन्दा बढी तिर्नपरेको छ ।

यही संस्थाको देशभरका २३ ठाउँमा मुल्यवान जग्गा जमिन छ । त्यसमा पनि बाँकेमा सबैभन्दा धेरै तीन ठाउँमा नौं बिघा जग्गा छ । नेपालगन्ज,मनिकापुर र खजुराको सोनपुरमा निगमनको जग्गा छ ।सोनपुरमा तीन बिघा सात कठ्ठा तीन धुर जग्गा रहेको छ । त्यस्तै भवन सहित नेपालगन्जमा दश कठ्ठा छ धुर र हाल विमानस्थल संचालनमा रहेको मनिकापुरमा पाँच बिघा दश कठ्ठा एघार धुर रहेको छ ।

सुर्खेतरोडमा भब्य भवन सहितको सटरहरु उपयोगमा छन् । सम्भवत यतिको ठुलो भवन नेपालगन्जमा पहिलो पटक निगमले नै निर्माण गरेको थियो । उक्त भवनको केही भाग भाडा दिएको निगमनले सुर्खेतरोडमा रहेको सटरबाट राम्रै आम्दानी गरिरहेको छ । उक्त भवनमै निगमनको क्षेत्रीय कार्यालय समेत रहेको छ । क्ष्ोत्रीय प्रमुख मानबहादुर चौधरीले बाँकेमा रहेको जग्गा र भवन संरक्षण गरिएको बताएका छन् । त्यस बाहेक जग्गामा अन्य काम भएको छैन ।

यि लगायत देशभर रहेको निगमनको जग्गा र भवनको मुल्य उच्च रहेकाले त्यसलाई आयआर्जनमा लगाउन नेपाल बायु सेवा निगम संरचनागत एवं व्यवस्थाकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन —२०८० ले सुझाव दिएको छ ।

उक्त प्रतिवेदन अनुसार, बाँकेको सोनपुरमा तीन बिघा सात कठ्ठा तीन धुर जग्गा रहेको
छ । त्यस्तै भवन सहित नेपालगन्जमा दश कठ्ठा छ धुर र हाल विमानस्थल संचालनमा रहेको मनिकापुरमा पाँच बिघा दश कठ्ठा एघार धुर रहेको छ ।

उक्त प्रतिवेदन अनुसार, देशभर निगमको २३ ठाउँमा जग्गा र भवन रहेको छ । जसमध्ये बर्दियाको जग्गाको निगमनसंग स्वामित्वको कुनै पनि कागजात छैन । त्यो सम्पत्तिको कुनै पनि मुल्य नरहेको समितिकाृ प्रतिवेदनमा उल्लेख छ ।

बाँकेको सोनपुरमा जग्गाको कागजात दोहोरो स्वामित्व (मोही) रहेको छ । सोही अनुसार बजारको मुल्यको ५० प्रतिशत मुल्यांकनमा अभिलेखमा राखिएको छ ।,

निगमको काठमाडौंकै केन्द्र मानिने न्यूरोड गेटनजिक (कान्तिपथ)मा निगमको १४ रोपनी ७ आनाभन्दा बढी जग्गा र भवन छ । सोही ठाउँमा निगमको मुख्यालय समेत रहेको छ । त्रिभुवन विमानस्थल नजिकै सिनामंगलमा करिव ३४ रोपनी १४ आना क्षेत्रफल जमिन रहेको छ । निगमको विभिन्न जिल्लाहरुमा बहुमूल्य पर्ने जग्गा र भवन छ ।

अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र चारवटा आन्तरिक उडान गर्ने चिनियाँ जहाज खरिद गर्दाको ऋण बढेर झन्डै आधा खर्ब पुगेको हो । अहिले निगमसँग कुल सम्पत्तिभन्दा दायित्व बढी रहेको अध्ययन देखाइसकेको छ ।

निगमसँग काठमाडौं, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, संखुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडीमा बहुमूल्यको जग्गाजमिन र भवन रहेको छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेमा रहेको देखिन्छ । बाँकेका तीन ठाउँमा नौ विघाभन्दा बढी जग्गा जमिन रहेको छ जुन उपयोगमा छैन ।

प्रकाशित मितिः     ३ मंसिर २०८०, आईतवार ०६:३४  |