कफीकाे न्यूनतम मूल्य निर्धारण


नेपालगन्ज । सरकारले चालु आर्थिक वर्ष (२०८०/८१) का लागि कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी गरी तीन प्रकारका कफीको मूल्य तोकिएको छ।

जसअनुसार फ्रेस चेरी ‘ए’ ग्रेडको प्रतिकिलो एक सय रूपैयाँ छ भने ‘बी’ ग्रेडको ९० रूपैयाँ छ।

आठ सय मिटरभन्दा माथि प्रांगरिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरी ए ग्रेड अन्तर्गत पर्दछन्।

Laxmi bank
पार्चमेन्ट चेरी ‘ए’ ग्रेडको प्रतिकिलो पाँच सय रूपैयाँ र ‘बी’ ग्रेडको चार सय ५० रूपैयाँ तोकिएको छ।

त्यस्तै, ड्राइ चेरी कफी ‘ए’ ग्रेडको प्रतिकिलो दुई सय रूपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको एक सय ५० रूपैयाँ तोकिएको छ।

सरकारले प्रत्येक वर्ष मंसिर एक गते विभिन्न कार्यक्रम गरी कफी दिवस मनाउँदै आएको छ।

यस वर्ष ‘कफी क्षेत्रको प्रवद्र्धन र संरक्षण, दीगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मुल नाराको साथ १९ औं राष्ट्रिय कफी दिवस मनाइयाे ।

प्रकाशित मितिः     ३ मंसिर २०८०, आईतवार ०८:२८  |