रियल इस्टेट कर्जा ठप्प,आवासीय कर्जा बढ्याे


काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा गरेको कडाइले रियल इस्टेट कर्जा ठप्प हुँदा २ करोड रुपैयाँसम्म व्यक्तिगत आवासीय कर्जा लिनेको संख्या तीन गुणाले बढेको छ ।

राष्ट्र बैंकले गत फागुनमा एकीकृत निर्देशन २०७९ जारी गर्दै आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जालगायतका क्षेत्रमा वार्षिक आम्दानीको प्रत्यक्ष आम्दानीको स्रोतको आधारमा मात्रै कर्जा प्रवाह गर्ने नीति लिएसँगै रियल इस्टेट क्षेत्रमा जाने कर्जा ठप्प भएको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकले घरजग्गा खरिद गर्न चाहने ग्राहकले प्रत्येक करचुक्ता गरेको प्रमाणपत्र अद्यावधिक गरेपछि बैंकले ऋण भुक्तानी आम्दानी अनुपात मूल्याङ्कन गरी उसको आम्दानीको अधिकतम ५० प्रतिशत मासिक किस्ता पर्न आउनुपर्ने मात्रै ऋण पाउने व्यवस्था गरेको थियो ।

उक्त नीति लिएसँगै त्यस क्षेत्रमा प्रवाह हुने कर्जा ठप्प भएको सरोकारवालाहरु बताउँछन् । सो नीति अपनाएसँगै पछिल्लो कर्जा प्रवाहको तथ्यांकअनुसार रियल इस्टेट क्षेत्रमा प्रवाह हुने कर्जा ठप्प देखिएको हो । क्लिकमाण्डुबाट

प्रकाशित मितिः     ३ मंसिर २०८०, आईतवार ०९:००  |