नेपालगन्ज । शुक्रबार नेपालगन्जमा आयोजित नेपालगन्ज कनक्लेभमा बाेल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैभन्दा पहिले आफ्नो क्षेत्रको संभावनालाई पहिचान गरेर काम गर्नुपर्ने बताए ।
हामी बस्छौँ धनगढीमा, सपना देख्छौँ, काठमाडौंको, अमेरिकाको । त्यसैले हामीले लक्ष्य आफ्न ठाउँलाई बनाउनुपर्छ भनेर अभियान सुरु गरेका छौँ ।’- उनले भने ।
उनले सुदुरपश्चिमको पहिचान छाउपडी र देउकीकारुपमा मात्रै बाँकी देशले बुझिरहेकोमा दुःख प्रकट गरे । उनले सुदुरपश्चिमसँग जलविद्युतको संभावना, भारतको ठूलो जनसंख्यासँगको सम्बन्धका सम्भावनालाई प्रयोग गर्न सक्ने भएपनि त्यसको प्रवद्र्धन हुन नसकेको बताए । उनले सुदुरपश्चिम र कणर्ाली क्षेत्रले हिनताबोध त्याग्नु आवश्यक रहेकोमा जोड दिए ।
ॅसंभावना र क्षमतामा ध्यान दिनु आवश्यक छ । हामीले मनमा हिनता बोध बोकेर बाँचिरहेका छौँ । आत्मविश्वासका लागि मनको मैल फाल्नुपर्छ । अब हामीले सुदुरपश्चिमको नामको पछाडि सुन्दर सुदुरपश्चिमको अभियान चलाएका थियौँ,’ उनले भने ।
उनले आफू केही वर्षपहिले टुरिजम बोर्डमा जाँडा सुदुरपश्चिमको एउटा पनि फाटो नदेखेको तितो अनुभव सुनाउँदै त्यसपछि अब सुदुरपश्चिमलाई हामी आफै चिनाउँछौँ भनेर चार हजार फोटोग्राफी गराएको बताए । ॅहामी कसैको दयाले होइन आफ्नै प्रयासमा अघि बढ्नुपर्छ भनेर डेस्टिनेशन सुदुरपश्चिम अभियान पनि चलाएका हौँ,’ उनले भने ।
धनगढी उपमहानगरपालिकाले ठूलो काम होइन, ससाना जनताको काम गरिरहेको दाबी गर्दै उनले भ्रष्टाचारी नगरपालिकालाई कल्याणकारी नगरपालिका बनाउन सफल भएको दाबी गरे ।
उनले भने, ॅगर्भवती महिलाका लागि एम्बुलेन्स चलाएका छौं । महाप्रस्थानमा पनि विभेद देखिएकाले अहिले नगरपालिकाले मृतकलाई सलामी दिने र घाटसम्म पुर्याउन गाडी दिएको, पाँच हजार खर्च दिने गरेका छौं । जिल्लाभरीका अपांगता भएका व्यक्तिलाई खोजेर ह्वीलचियर दिने गरेका छौं । चुनाव जितेपछि राजा हुने प्रवत्ति छ । यसलाई हामीले परिवर्तन गर्दैछौं ।’
धनगढी पर्यटकहरुको प्रवेशद्धार रहेको बताउँदै उनले सुदुरपश्चिमका बाँकी जिल्लाहरुको आर्थिक केन्द्र धनगढी भएकोले बाँकी जिल्लामा आर्थिक समृद्धि भयो भने त्यसको सिधा फाइदा धनगढीलाई हुन्छ भन्ने सोचेर काम गरिरहेको बताए । आफूहरुकोे प्राथमिकतामा उद्यमशिलता र पर्यटन रहेको बताउँदै उनले खैरो छाला देखेपछि मात्रै पर्यटक मान्ने मानसिकता त्याग्न जरुरी रहेको बताए ।
ॅहामीले भारतीय पर्यटकलाई सम्मान गर्न जरुरी छ । सात ठाउँमा चेक गरेर हैरानी दिनु आवश्यक छैन । यसले हाम्रो सबभन्दा नजिकका ठूलो संख्याका पर्यटकहरुलाई आकर्षित गर्न चुकिरहेका छौँ । हामीले वातावरण बनायौँ र सामूहिक पर्यत्न गर्यौँ भने लाभ यहाँका आम मानिसहरुले लिन पाउँछन् ।’
भारतसमेतको मानसखण्डलाई जोड्नका लागि देहरादुन विश्वविद्यालय र सुदुरपश्चिम विश्वविद्याललाई सँगै जोडेर विमर्श गर्ने पर्यत्न गरिररहेको उनले उल्ले गरे । कैलाली र कन्चनपुरका मेयरहरुको फोरम बनाएर र बास्केट फण्ड बनाएर समस्या, संभावना र आइडिया शेयरिङका काम गर्न खोजिरहेको उनले बताए ।
ॅयसलाई फैलाई बाँकेसम्म पुर्याउन प्रयास गरौँ न,’ उनले भने, ॅसँगै बसेर हाम्रा समस्या र संभावनाका विषयमा काम गर्न सुरु गरौँ । यसका साथै नागरिकस्तरमा पनि यसको जागरण ल्याउन पनि काम गरौँ ।’