नेपालगन्ज १३ मंसिर । लुम्बिनी प्राविधिक विश्वविद्यालयले अघि बढाएको कर्मचारी भर्ना सम्बन्धि बिषयलाई लिएर अनेरास्ववियु बाँकेले आपत्ती जनाएको छ । अनेरास्ववियुले कर्मचारी भर्ना प्रकृया अवैध रहेकाे भन्दै सच्याउन माग गरेकाे छ ।
बिश्वबिद्धालयले पाँचौ तहदेखि रा.प.द्धितीय(उपप्राध्यापक) पदको खुल्ला विज्ञापन गरेकाे छ । उक्त पदमा पदपूर्ती गर्दा नेपालको संविधान, लुम्बिनी प्रदेश लोकसेवा आयोग र आफनै लुम्बिनी प्राविधिक विश्वविद्यालयको विधान २०७९ परिच्छेद ४, विश्वविधालयका निकायहरुको गठन, काम, कर्तव्य र अधिकार विधानको दफा (१६) को सेवा आयोगको काम, कर्तव्य र अधिकारको उपदफा (१) र (२)को उल्लंघन गरेकाे अध्यक्ष प्रकाश बिश्वकर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
पदाधिकारीको मनोमानी तरिकाले गरेको विज्ञापनको सूचना फिर्ता लिएर कानुन, मुल्य मान्यता र विधिसम्मत रुपमा आवश्यक जनशक्ति नियुक्ती गर्न सुझाव दिइएको छ । अन्यथा २४ घण्टाभित्र सो विज्ञापन प्रचलित नियम अनुसार नसच्याइ मनोमानी गरिएको खण्डमा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी विश्वविद्यालयका कुलपति, सहकुलपति, उपकुलपति, सेवा आयोग, कुलसचिव, कार्यकारी परिषद रहेका व्यक्ति लिनु चेतावनी दिइएको छ ।