परम्परागत केराको बोटको द्वार । द्वारसँगै तामाका गाग्री । घरकै मण्डप र व्यवस्थापनको ठूलो चटारो । सहरको विवाहमा अचेल यस्तो दृश्य कम देखिन थालेको छ । विवाहको सजावटमा नयाँ शैली भित्रिएसँगै भव्य फिल्मी सेटजस्तो सजावट, फूलैफूलको डेकोरेसन, रंगीचंगी लाइटको प्रकाश, होटल या पार्टी भेन्युको मण्डपमा अचेलका पुस्ता लगनगाँठो कस्न रूचि राख्छन् ।
विवाहको सजावटमा मिसिएको यो आधुनिक शैलीलाई एलिटहरुले फ्लो मात्र गरेका छैनन्, आफ्नो स्टाटस सिम्बोल पनि देखाइरहेका छन् । बाँकेकाे पहिलो पाँच तारे हाेटल सेन्ट्रल प्लाजा ‘वेडिङ’का लागि विशेष छ । हेर्नुस् तस्बिर :-