- केपी शर्मा ओली
जाडाे बढेसँगै लेकबाट भेडीगोठहरु बेंसी झर्ने क्रम मध्यपहाडी लोकमार्ग यात्रामा धेरै ठाउँमा देखियो।
मैले उहाँहरुका कुरा सुनें। उहाँहरू ऊनबाट स्वेटर, गलैँचा बुनेर बेच्नुहुँदो रैछ। मैले उहाँहरूबाट एउटा स्वेटर किनेँ, धेरै न्यानो थियो।
यसो सोचें – यी भेडाको ऊनका गलैँचा, स्वेटरहरुलाई ब्रान्डिङ् गरेर (एडिडास, नाईक) जस्तै अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने आइडिया हाम्रा बिबिए एमबिएका विद्यार्थीहरुले ल्याउन सके कस्तो राम्रो हुन्थ्यो होला !
(समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष ओलीकाे अनुभुती?