गाभरभ्यालीमा पर्यटककाे संख्या बढ्दै, वार्षिक डेढ कराेड काराेवार


नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु संख्या बढेकाे छ । यहाँ ३७ हाेमस्टे छन् भने वार्षिकरुपमा २५ हजार पर्यटक आउने गरेका छन् ।

वार्षिकरुपमा १ कराेड ५० लाख आम्दानी हुन्छ भने १ सय ५० जनाले राेजगारी पाएका छन् । पर्यटक, कृषि र संस्कृतिको केन्द्र विन्दु भएका कारण यो क्षेत्रमा आन्तरिक तथा बह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको कृष्ण चौधरीको भनाई रहेको छ ।

गाभरभ्यालीमा रहेका होमस्टमा पाइने अर्गानिक परिकारहरु तथा घरयासी वातावरणमा जस्तै आवास सहितको व्यवस्था भएका कारण पनि गाभरभ्याली पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

पर्यटक गाभभ्यालीमा घुम्न आउनेहरु निकै शितल र मनोरम वातावरण भएको र सुन्दर भ्याली अवलोकन गने आएको बताउँछन् ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने करिब ४ सय घरधुरी रहेको गाभरभ्यालीमा थारु मुगाली र जुम्लीको मिश्रीत बस्ती भएको गाभर भ्यालीमा सांस्कृतिक विविधता समेत रहेको छ ।

सो क्षेत्रको प्रायपर्टनका लागि प्रकृति ,संस्कृति तथा जैविक विविधताको संरक्षणका लागि थारु सग्राहालय, जैविक पार्कको निमार्ण गरिएको छ ।

त्यस्तै गाभर क्षेत्र पर्यटकका लागि उपयुक्त क्षेत्र भएकाले राज्यले नीजि क्षेत्रको प्रवद्वनका लागि व्यवसायी मैत्री नीति लियो भने सो क्षेत्रको पर्यटन विकासका लागि, नीजि क्षेत्रको शान्ति सुरक्षाका लागि र व्यवसायी मैत्री बनाउका लागि राज्यले विशेष नीति लिनुपर्नेमा जाेड दिइएको छ ।

प्रकाशित मितिः     २५ मंसिर २०८०, सोमबार १३:१२  |