सांसद राणा र नेपालगन्जका नगरप्रमुख,उपप्रमुख भेटघाट


नेपालगन्ज । बाँके क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सांसद डा धवल शमशेर राणा र नेपालगन्जका नगरप्रमुख प्रशान्त बिष्ट,उपप्रमुख कमरुद्दिन राईबीच मंगलबार भेटघाट भएको छ ।

दुईपटकका नेपालगन्जका मेयर रहिसकेका सांसद राणा यहाँकाे विकास निर्माणका बारेमा चर्चा गर्न नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा पुगेका थिए ।

सांसद राणाले यहाँकाे विकास र त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेकाे बताए । भेटघाटमा अदालत अगाडिको रुख कटान, बागेश्वरी मन्दिरकाे विकास लगायतका बिषयमा चर्चा भएको राणाका स्वकीय सचिव विकास गाैतमले जानकारी दिए ।

प्रकाशित मितिः     २६ मंसिर २०८०, मंगलवार १३:४७  |