सामाजिक सुरक्षा कोषमा बाँकेमा यी अस्पताल सुचिकृत


सम्झौताअनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा लिँदा लाभग्राहीले लागेको रकमको २० प्रतिशतमात्र बुझाए पुग्नेछ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतको स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नुपर्ने छैन ।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेसका १२, बागमतीका २८, गण्डकीका ८ र लुम्बिनीका ८ गरी ७१ वटा अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन् ।

२०७९ फागुन १ यता देशका विभिन्न स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका छन् । जसमध्ये हालसम्म ७१ अस्पतालबाट औषधोपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानहरुमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ ।
आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने कोषले जनाएको छ ।

सम्झौता भएका ७१ वटा अस्पताल

कोशी प्रदेश

१) मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल- बिर्तामोड, झापा
२) बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- बिर्तामोड, झापा
३) आम्दा मेची अस्पताल- धुलाबारी, झापा
४) लाइफ लाइन अस्पताल- दमक, झापा
५) आम्दा अस्पताल- दमक, झापा
६) अरनिको हस्पिटल प्रालि- उर्लाबारी, मोरङ
७) न्युरोकार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल- विराटनगर, मोरङ
८) रामलाल गोल्छा आँखा अस्पताल (हाम्रो अस्पताल)- विराटनगर, मोरङ
९) मोरङ सहकारी अस्पताल- सोमबारे हाट, विराटनगर, मोरङ
१०) हाम्रो अस्पताल प्रालि- विराटनगर, मोरङ
११) नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल- विराटनगर, मोरङ
१२) विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- टंकिसिनुवारी, विराटनगर
१३) पशुपति मोडेल हस्पिटल प्रालि- इटहरी, सुनसरी
१४) इटहरी ग्लोबल आई हस्पिटल प्रालि- इटहरी, सुनसरी
१५) ओखलढुंगा सामुदायिक अस्पताल- ओखलढुंगा

मधेस प्रदेश

१६) छिन्नमस्ता अस्पताल- राजविराज, सप्तरी
१७) जानकी हेल्थ केयर- जनकपुर, धनुषा
१८) शुभ स्वस्तिक अस्पताल- बर्दिबास, महोत्तरी
१९) नमुना सामुदायिक अस्पताल- हरिवन, सर्लाही
२०) स्पर्स अस्पताल- वीरगञ्ज, पर्सा
२१) वीरगञ्ज हेल्थ केयर अस्पताल- वीरगञ्ज, पर्सा
२२) नेशनल मेडिकल कलेज- वीरगञ्ज, पर्सा
२३) गण्डक अस्पताल- वीरगञ्ज, पर्सा
२४) प्रभु अस्पताल- वीरगञ्ज, पर्सा
२५) किरण आँखा अस्पताल- वीरगञ्ज, पर्सा
२६) वीरगञ्ज दृष्टि आँखा अस्पताल- वीरगञ्ज, पर्सा
२७) एलएस न्युरो एण्ड जनरल हस्पिटल- बारा

बाग्मती प्रदेश

२८) चुरेहिल अस्पताल प्रालि- हेटौंडा, मकवानपुर
२९) मकवानपुर सहकारी अस्पताल- हेटौंडा, मकवानपुर
३०) कलेज अफ मेडिकल साइन्स COMS पुरानो मेडिकल कलेज- भरतपुर १०, चितवन
३१) चितवन मेडिकल कलेज टिचिङ हस्पिटल- भरतपुर, चितवन
३२) मनकामना अस्पताल- भरतपुर १०, चितवन
३३) शिर मेमोरियल अस्पताल- बनेपा, काभ्रे
३४) धुलिखेल अस्पताल- काभ्रे
३५) वीर अस्पताल- काठमाडौं
३६) राष्ट्रिय ट्रमा सेन्टर- काठमाडौँ
३७) त्रिवि शिक्षण अस्पताल- महाराजगञ्ज, काठमाडौं
३८) सहिद गंगागाल राष्ट्रिय मुटु केन्द्र- महाराजगञ्ज, काठमाडौ
३९) हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल- चाबहिल, काठमाडौं
४०) मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल- स्वयम्भू, काठमाडौं
४१) काठमाडौं मेडिकल कलेज (केएमसी)- सिनामंगल, काठमाडौं
४२) नेअसं नेपाल अर्थोपेडिक अस्पताल- जोरपाटी, काठमाडौं
४३) शंकरापुर अस्पताल- गोकर्णेश्वर, काठमाडौं
४४) नेपाल मेडिकल कलेज प्रालि- जोरपाटी, अत्तरखेल, काठमाडौं
४५) एभरेस्ट अस्पताल- नयाँ बानेश्वर, काठमाडौं
४६) तिलगंगा आँखा अस्पताल- तिलगंगा, काठमाडौं
४७) दृष्टि आई केयर- कलंकी, काठमाडौं
४८) एएसजी आँखा अस्पताल- नयाँबानेश्वर, काठमाडौं
४९) पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल- सोह्रखुट्टे, काठमाडौं
५०) फ्रन्टलाइन हस्पिटल- पुरानो बानेश्वर, काठमाडौं
५१) ओम अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि- चाबहिल काठमाडौं
५२) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)- ललितपुर
५३) मेघा अस्पताल प्रालि- धोबीघाट, काठमाडौं
५४) किस्ट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल- इमाडोल, ललितपुर
५५) काठमाडौं क्यान्सर सेन्टर- ताथली, भक्तपुर

गण्डकी प्रदेश

५६) देवचुली अस्पताल- नवलपुर
५७) ग्यालेक्सी अस्पताल- पोखरा, कास्की
५८) चरक मेमोरियल अस्पताल- पोखरा, कास्की
५९) मणीपाल टिचिङ अस्पताल- पोखरा, कास्की
६०) गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल- पोखरा, कास्की
६१) फेवा सिटी अस्पताल- पोखरा, कास्की
६२) दृष्टि आँखा अस्पताल प्रालि- पोखरा, कास्की
६३) मेडीप्लस अस्पताल- रानीपौवा, पोखरा, कास्की

लुम्बिनी प्रदेश

६४) युनिभर्सल कलेज अफ मेडिकल साइन्स- भैरहवा, रुपन्देही
६५) सिद्धार्थनगर सिटी हस्पिटल- भैरहवा, रुपन्देही
६६) गौतमबुद्ध मुटु अस्पताल- बुटवल, रुपन्देही
६७) सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल- बुटवल, रुपन्देही
६८) क्रिमसन अस्पताल- तिलोत्तमा, रुपन्देही
६९) लर्डबुद्ध एजुकेशनल एकडेमी (नेपालगञ्ज मेडिकल कलेज)- नेपालगञ्ज, बाँके
७०) लर्डबुद्ध एजुकेशनल एकेडेमी लि (नेपालगञ्ज मेडिकल कलेज)- कोहलपुर, बाँके
७१) मितेरी अस्पताल- घोराही, दाङ

सामाजिक सुरक्षा कोषबाट कस्ता कस्ता सुविधा पाइन्छ ?

क) औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना (१ प्रतिशत)

१) योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष १ लाख रुपैयाँसम्मको उपचार खर्च ।
२) तीन महिनासम्मको शिशुको उपचार खर्च ।
३) १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च ।
४) योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु. १७,०००) बराबरको शिशु स्याहार खर्च ।
५) महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम ।
६) योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम ।

ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजना (१.४ प्रतिशत)

१) कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च ।
२) अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च ।
३) कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा
अ) स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)
आ) अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउञ्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत ।
इ) स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शत प्रतिशत मानेर आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

ग) आश्रित परिवार सुरक्षा योजना (०.२७ प्रतिशत)

१) योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउने ।
२) मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउने । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने ।
३) योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)
४) अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने ।
५) योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ रु. २५ हजार आश्रित परिवारले पाउने ।

घ) वृद्ध अवस्था सुरक्षा योजना

१) निवृत्तभरण योजना (२० प्रतिशत)
अ) योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण । (मुद्रास्फीति समायोजनको व्यवस्था)
आ) निवृत्तभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउने ।
२) अवकास सुविधा योजना (८.३३ प्रतिशत अनिवार्य र स्वेच्छिक)
अ) अन्य अवकास कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुने ।
आ) योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्न सक्ने ।
इ) सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भए जति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिने ।
ई) रोजगारीको अन्त्य हुँदा वा अवकास हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित भुक्तानी पाउने ।
उ) योगदानकर्ता यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउने ।

कर छुट सुविधा

१) करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउने ।
२) कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर छुट हुने ।

प्रकाशित मितिः     २६ मंसिर २०८०, मंगलवार १७:०३  |