नेपालगन्जमा इ-रिक्साकाे दर्ता र नवीकरणकाे म्याद पुष ११ गतेसम्म


नेपालगन्ज । ‘होल्ड’ गरिएका इ-रिक्सालाई नेपालगन्ज उपमहानगरपालिकाले अब अन्तिम मौका दिने भएको छ ।

नेपालगन्ज क्षेत्रभित्र संचालनमा रहेका इ-रिक्साहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवाला निकायहरुसंग मंगलबार बसेको वैठकको निर्णय दर्ता र नवीकरणकाे म्याद थप गरिएको छ ।

बिष्टका अनुसार, श्रमजीवी वर्गको मागलाई मध्यनजर गर्दै इ-रिक्सासंग सम्बन्धित कागजातहरु नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेर बुझिलिने तथा सम्बन्धित निकायमा दर्ता र नवीकरण यही पुस ११ गतेभित्र अनिवार्यरुपमा गर्नुपर्नेछ ।

प्रकाशित मितिः     २६ मंसिर २०८०, मंगलवार २०:१२  |